आरक्ष शिविरमा गहुँ चुट्न नदिने समस्या तुरुन्त हल हुन्छ : मन्त्री बिना मगर

78 Hits

बेलौरी । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको ढक्कास्थित आरक्ष विस्थापित शिविरमा देखिएको गहुँ चुट्ने समस्या तुरुन्त हल हुने बताउनुभएको छ ।
तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारको बसोबास रहेको ढक्का शिविरमा पुगेर मन्त्री मगरले आफूले वन मन्त्री शक्ति बस्नेतसङ्ग कुराकानी गरिसकेको र समस्या तुरुन्त हल हुने बताउनुभयो ।

मैले मन्त्री ज्युसङ्ग कुरा गरिसकेको छु, उहाँलाई गहुँ चुट्न दिन्छौ भन्नुभएको छ,´ मन्त्री मगरले भन्नुभयो, `आन्तरिक पत्राचारमा समय लागेको हुन सक्छ ।´
शुक्लाफाटा निकुञ्जमा रुपान्तरण भएपछि निकुञ्ज क्षेत्रभित्र मेसिनले गहुँ चुट्न नपाइने भन्दै प्रशासनले अवरोध गरिरहेको छ । तत्कालीन आरक्षबाट विस्थापित भएका परिवार स्थायी व्यवस्थापन नभएसम्मका लागि निकुञ्जकै ढक्का शिविरमा बसिरहेका छन् । आरक्ष विस्थापित समस्या समाधानका लागि सरकारले २९ वटा आयोग गठन गरेपनि समस्या समाधान हुन सकेको छैन ।
आरक्ष शिविरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भन्नुभयो, `म यहाँको समस्याबारे जानकार छु, गहुँ चुट्ने समस्या समाधान गरेर मात्रै हुँदैन ।

यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।´ एउटा टिम बनाएर आफुसङ्गै काठमाडौ गई समस्याको दीर्घकालीन समाधानको पहल गर्न तत्पर रहेको मन्त्री मगरले बताउनुभयो । आरक्ष विस्थापित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले समस्याको स्थायी समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी