डा सन्दुक रुइतद्धारा पद्मश्री सम्मान ग्रहण

66 Hits

काठमाडौं, २० चैत ।
नेपालका वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतले भारत सरकारले घोषणा गरेको पद्मश्री सम्मान ग्रहण गरेका छन्। भारतीय राष्ट्रपति राम नाथ कोविदले सोमबार उनलार्इ उक्त सम्मन प्रदान गरेका हुन् । यो पदक भारतकै प्रतिष्ठित नागरिक सम्मान मानिन्छ ।

राष्ट्रपति निवासमा भएको विशेष समारोहमा डा. रुइतलाई उत्तः सम्मान प्रदान गरिएको हो । उक्त कार्यक्रममा यो वर्ष पद्मश्री पाउने विशिष्ट व्यक्तिहरुलार्इ सम्मान गरिएको थियो। सम्मान घोषणा भने भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गत माघमा नै गरिएको हो।

डा रुइतलाई भारत सरकारले सस्तोमा मोतियाबिन्दूको शल्यक्रिया गर्ने खोज र सस्तो दरमै मोतियाबिन्दुको उपचारपछि प्रयोग हुने लेन्स निर्माण गरेको भन्दै सो सम्मान गरेको हो ।
उनको खोजले मोतियाबिन्दूको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको र ३० भन्दा बढी देशहरूमा लेन्स निर्यात गर्ने गरेको उल्लेख छ।

को हुन् डा रुइत ?
तिलगंगा आँखा केन्द्र, काठमाडैंका निर्देशक रुइत ताप्लेजुङको ओलाङचुङगोलामा जन्मे हुर्केका हुन्। दार्जिलिङको मिसनरी स्कूल सेन्ट रोबट्र्समा उनले आफ्नो अध्ययन सुरु गरेका थिए। त्यसपछि एसएलसीसम्म काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा अध्ययन गरे।

त्रिचन्द्र क्याम्पसमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे। एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा तीन वर्ष बिताए। फेरि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स ९एम्स०मा विशेषज्ञता हासिल गरे। डा रुइतले सन् २००६ मा म्याग्सेसे पुरस्कार पाएका छन्।

स्वास्थ्य क्षेत्रबाटै पद्मश्री पाउनेमा केरालाका डा एमआर राजा पनि छन्। उनलाई गम्भीर अवस्थाका बिरामीको गुणस्तरीय जीवनका लागि पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको हो।
डा. रुइतले नेपालको गौरव बढाएका छन् ।

Related News

विधयेक माथेमा कार्यदलमै आधारित छ, पहिले डा. केसीको उपचार चाहन्छु : मन्त्री पोखरेल

काठमाडौं, ३ साउन । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संसदमा पेश भएको विधयेक माथेमा कार्यदलकै मर्म र भावना समेटेर आएको दावी गरेका…

विदेश पढेका डाक्टरहरु नेपालमा फेल, कस्ता जान्छन विदेशमा डाक्टर पढ्न ?

काठमाडौं, ३२ असार एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । गत वर्ष १६…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी