देख्नुभएको छ २ लाख अमेरिकी डलरको कार ?

80 Hits

कार्लमन किङ संसारकै महँगो एसयुभी (स्पोर्टस् युटिलिटी भेइकल) हो । यो कार जति आकर्षक छ, त्यति नै वजनदार समेत छ । कार्लमन किङको मूल्य २२ लाख अमेरिकी डलरबाट सुरु हुन्छ । अनौठो र आकर्षक डिजाइनसहितको एसयूभी ‘कार्लमन किङ’ गत वर्ष दुबईमा भएको इन्टरनेसनल मोटर शोमा सार्वजनिक भएको थियो ।

यो कारको पृथकता कायम राख्न कम्पनीले १२ वटामात्र उत्पादन गरेको छ । कार्लमन किङ चाइनिज अटोमोटिभ फर्म आइएटी अटोमोबाइल टेक्नोलोजीले डिजाइन गरेको हो । यो कार १ हजार ८ सय जना युरोपियनहरु सम्मिलित टोलीले निर्माण गरेको हो ।

उक्त कारको तौल ४.५ टन अर्थात् ४ हजार ५ सय किलो छ, जुन बढाएर ६ टनसम्म पु¥याउन सकिन्छ । ६ मिटर लामो सो एसयूभीमा चार जनामात्रै बस्न मिल्छ । यसको इन्टेरियर डिजाइन निकै विलासी बनाइएको छ, जसलाई रोल्स रोयस क्लास लक्जरी भनिएको छ । यसमा अल्ट्रा एचडी फोरके टिभी र फ्रिज, स्याटेलाइट फोनलगायतका सुविधा छन् ।

सो एसयूभीमा ६.८ लिटरको भी १० इन्जिन छ । जसले ४०० बीएचपीको पावर दिन्छ । सो कार प्रतिघण्टा १४० किलोमिटर गुड्न सक्छ ।-एजेन्सी

Related News

Comments are closed