उपराष्ट्रपति पुत्र दिपेश पुनले भने- ‘अबैध बालुवाखानीहरु बन्द गर’

165 Hits

काठमाडौं, १९ चैत ।
उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा तथा युवा विद्यार्थीका लोकप्रीय नेता दिपेश पुनले अबैध वालुवाखानीहरु तत्काल बन्द गराउन माग गरेका छन् ।
नेकपा माओवादी केन्द्र माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष समेत रहेका पुनको वालुवाखनीमा लगानी रहेको समाचार नागरिक दैनिकमा प्रकाशीत भएपछि उक्त समाचारको खण्डन गर्दै उनले विज्ञप्ती जारी गर्दै सम्पूर्ण अबैध वालुवाखानी बन्द गराउन पहल गर्ने पनि बताएका छन् ।

गोदावारी नगरपालिका–८, डुकुछाप ललितपरस्थित ‘साईनिङ बालुवा वासिङ सेन्टर’मा पुनको लगानी रहेको समाचार आएपछि उनले विज्ञप्ती निकालेर समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कपोलकल्पीत समाचारको भ्रममा नपर्न पनि अपील गरेका छन् ।

पुनले विज्ञप्तीमा भनेका छन्, ‘कुनै पनि अवैध काममा मेरो संलग्नता म आफै कल्पना गर्न सक्दिनँ । सबै प्रकारका अवैधानिक कामहरु बन्द हुनुपर्दछ । अवैध भनि समाचारमा आएको ‘साईनिङ बालुवा वासिङ सेन्टर’ मात्रै होइन सबै प्रकारका अवैध बालुवा खानी र अवैध कामहरुलाई सम्बन्धित निकायले तुरुन्त बन्द गराउनुपर्दछ । म आजैको मितिदेखि ‘साईनिङ बालुवा वासिङ सेन्टर’लगायत सम्पूर्ण अवैध बालुवा खानीहरु बन्द गर्न, गराउन सम्बन्धित पक्षसँग आग्रह गर्दछु । अवैध कामहरुलाई रोक्न मेरो जुन भूमिका हुनुपर्ने हो, त्यो भूमिकाका लागि म सदा सर्वदा तयार छु ।’
विद्यार्थी नेता दिपेश पुन सामाजिक कार्य र विभिन्न परोपकारी कार्यको लागि प्रख्याती कमाएका छन् । उनले महाविनाशकारी भुकम्पमा राहत र उद्धारको कार्य गर्नुका साथैं आगोले जलेका राउटे युवाको सफलतासाथ उपचारमा भुमिका निर्वाह गरेका थिए । त्यसैगरी हालसालै ब्लड क्यान्सरले पीडित रोल्पाका शहीदपुत्र सन्तोष बुढाको उपचारमा सहयोग गर्न अभियान नै संचालन गरेका थिए ।

Loading...

Related News

बारा हावाहुरी पीडितकाे उद्वारमा खटे उपराष्ट्रपति पुत्र दिपेश पुन

बारा, १८ चैत – बारामा अकस्मात अाएकाे ज्यानमारा हावाहुरीले दर्जनौंकाे ज्यान लिएको तथा सयौंलाई घाईते बनाएको खबरपछि उपराष्ट्रपति नन्दबहादुर पुन…

उपराष्ट्रपति पुत्र दिपेशले गरे सरकारलाई सघाउन अपील

काठमाडौं, ४ भदौ । उपराष्ट्रपति नन्द बहादुर पुन पासांग पुत्र एवं अखिलका विद्यार्थी नेता दिपेश पुनले सरकारलाई हर तरहले सहयोग…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी