धुर्मुस सुन्तलीलाई रेणु दाहालले सबै दिन्छाैँ भनेपछि

116 Hits

चितवन, १९ चैत ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान महानगरपालिकामै बनाउन धुमुर्स सुन्तली फाउन्डेसनलाई आग्रह गरेकी छिन् ।

मेयर दाहालले भनिन्- जति चाहिन्छ जग्गा दिन सकिन्छ मैदान यहीं बनाउनुपर्छ ।

 

भरतपुर महानगरले कर बढाएको विषयमा स्पष्ट पार्न आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै मेयर रेनुले भरतपुर वडा नम्बर २० मा रहेको चित्रवन रगंशालाको जग्गा उपलब्ध गराउने सन्देश प्रवाह गर्न पत्रकारलाई अनुरोध पनि गरिन् ।
हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ ले अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेसगैँ मेयर रेनुले चितवनको भरतपुर महानगरमा बनाउन आग्रह गर्दै जग्गा र सक्दो सहयोग गर्ने घोषण गरेकी हुन् ।
उनले आज नै पत्रचार गर्ने भन्दै विविध खालका सहयोग गर्ने प्रतिवद्धा जनाउदै प्रत्यक्ष सहयोग र सहकार्य गर्ने स्पष्ट पारिन् ।

साविक चित्रवन नगरपालिकामा रहेको चित्रवन रंगशाला निर्माण गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत गत बर्ष ५० लाख रकम रंगशाला निर्माणमा विनियोजन भएकोमा, १९ लाख ३० हजार मात्रै खर्च भएको थियो।-saurahaonline

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी