पुराना सहकर्मीले गरे मन्त्री पोखरेललाई सम्मान

51 Hits

 

काठमाडौ/१८ चैत्र

शिक्षा बिज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेललाई आज एक कार्यक्रमका बिच पोखरेलका पुराना सहकर्मीहरु ले स्वागत र सम्मान गरेका छन ।

मन्त्री पोखरेललाई जनमुखी काम गर्न शुभकामना दिदै प्रगतिशील अभियान र सिर्जनशिल समुह ललितपुर ले आज सम्मान गरेको हो । २०३८ सालदेखि ललितपुरमा रहेर लामो समय अर्ध भुमिगत जीवन बिताएका पोखरेललाई आज उनै पुराना बामपंथी नेताहरूले बधाई र सम्मान व्यक्त गरेका हुन ।

२०४१ सालमा बिद्यार्थी सङ्गठनको अध्यक्ष भएपछि निरन्तर ललितपुर जिल्लामा रहेर लामो समय राजनीति गर्नुभएका पोखरेल एक सफल र कुशल मन्त्री भएको भन्दै सम्मान गरिएको मन्त्री पोखरेलका सहकर्मी प्रकाश शर्माले बताउनुभयो ।

कार्यक्रममा केशब महर्जन, उज्वल शुक्ल, वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ लगायतकाले मन्त्री पोखरेललाई बिगतको जस्तै सक्रिय राजनीतिक भुमिकामा देखिने अपेक्षा व्यक्त गरेका थिए ।

मन्त्री पोखरेलले सहकर्मीहरुको साथ र सहयोगको कारण नै आफुले सफलता पाएको बताउनुभयो ।
हामी माक्र्सवादी हौ पोखरेलले भन्नुभयो : माक्र्सवादी हरुले बिज्ञान लाई जीवन पद्धति बनाउनु पर्छ ।
बिज्ञान र प्रविधि सङ्ग जोडिन आग्रह गर्दै पोखरेलले आफ्नो कार्यकालमा शिक्षा र बिज्ञानको क्षेत्रमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related News

Comments are closed