सिटामाेल भन्दा बढी खानेपानीलाई बजेट चाहिन्छ – मन्त्री विना मगर

127 Hits

बर्दिया । खानेपानी मन्त्री बिना मगरले स्वास्थ्य उपचारमा सिटामोलभन्दा स्वच्छ खानेपानीका लागि सरकारले बढी बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।


बर्दियाको मधुवन नगरपालिका-६ स्थित कुसुम्बा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले स्वच्छ खानेपानी र सरसफाईले रोग लाग्नै नदिने भएकाले सरकारको प्राथमिकतामा खानेपानी हुनुपर्ने बताउनुभयो । `रोग लागेपछि सिटामोल दिनुभन्दा स्वच्छ खानेपानी दिएर रोग लाग्न नदिनु राम्रो हो,´ मन्त्री मगरले भन्नुभयो, `सबै नेपाली जनताले आधारभुत खानेपानी समेत नपाएको अवस्थामा स्वच्छ खानेपानी पुर्याउनुपर्ने छ ।´
सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउनु सरकारको दायित्व भएकाले मन्त्रालयको कार्यक्षेत्रभित्र सुकुम्बासीदेखि हुकुम्बासीसम्म सबै पर्ने मन्त्री मगरले बताउनुभयो । `आफुलाई स्वस्थ र सफा राख्न सबैले सावधानी अपनाउनुपर्छ,´ मन्त्री मगरले भन्नुभयो, ´सरसफाईमा ध्यान दिन सके धेरै रोगबाट वचन सकिन्छ ।´
खानेपानीमा पर्याप्त बजेट विनियोजन गराएर योजना कार्यान्वयन गरे मात्रै समृद्ध राष्ट्र निर्माणको अभियान पूरा हुने उहाँले बताउनुभयो । `पहाडी क्षेत्रका दिदीबहिनीहरुले खानेपानी भान्सासम्म पुर्याउन दैनिक २-३ घण्टा समय बिताउनुपर्छ, त्यो समय बचाएर आयआर्जनमा लगाउन सके आर्थिक प्रगति गर्न सकिन्छ,´ उहाँले भन्नुभयो, `जिन्दगीको अधिकाश समय खानेपानी जुटाउनमै बिताउनुपर्यो भने महिला दिदीबहिनीले आर्थिक प्रगतिमा कसरी योगदान गर्ने ?´
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य सन्तकुमार चौधरीले विगतदेखि नै राज्यले पछाडि पारेको बर्दियाको खानेपानीलाई आर्सनिकमुक्त गर्न मन्त्री मगरसमक्ष आग्रह गर्नुभयो ।

Related News

खानेपानी मन्त्री बीनाले गरिन् प्रकाश स्मृति स्तम्भको शिलान्याश

मूलखबर स‌बाददाता काठमाडाै‌, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा तत्कालिन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा सगरमाथा आरोही दिवंगत…

खानेपानी मन्त्री मगरले लिइन् ३ बालबालिकाको शैक्षिक अभिभावकत्व

कञ्चनपुर, १० बैशाख । खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी