संघीय संसदका दुवै सदनको बैठक आज, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गर्ने
काठमाडौं, १९ चैत ।
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गर्नेछ । सो विधेयक गत शुक्रबार संसदमा पेश भएको थियो । यस्तै, प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमाथि छलफल गरी स्वीकृत गर्ने भएको छ
बैठकले पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । २०४८, ५१ र ५६ गरी तीनपटक दाङबाट प्रतिनिधिसभामा निर्वाचित खड्काको गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । खड्काको हिजो अन्त्येष्टी गरिएको छ ।