शहीद पत्नी गुरुङलाई भेट्दै प्रचण्डले भने-‘उपचारमा पार्टीले सहयोग गर्छ’

101 Hits

काठमाडौं, १८ चैत –

पूर्व प्रधानमन्त्री एवं ने.क.पा.(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहिद पत्नि पार्वती गुरुङको स्वास्थ्य उपचारमा पार्टीले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

मृगौला र श्वासप्रश्वासको समस्याबाट ग्रस्त भई एक हप्तादेखि अस्पतालमा उपचाररत गुरुङलाई भेट्न अध्यक्ष प्रचण्ड आइतबार दिउँसो नर्भिक अस्पताल पुग्नुभएको थियो ।
सो क्रममा अध्यक्ष प्रचण्डले चिकित्सकसँग गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । भेटपछि अध्यक्ष प्रचण्डले बिरामीका छोरा सुरेन्द्र गुरुङलाई भेटी आमाको स्वास्थ्य उपचारमा कुनै समस्या परे पार्टीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
चितवन शारदानगर निवासी गुरुङका पति डम्बर गुरुङको २०५९ साल कार्तिक २५ गते चितवनको चण्डिभञ्ज्याङमा शहादत भएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी