एकतामा बराबरीको कुरा छलफलमा आएकै छैन- माधव नेपाल

101 Hits

काठमाडौं, १९ चैत ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमाले माओवादी एकतामा बराबरी भागबण्डाको विषय कुनै पनि स्तरमा छलफलमा नै नआएको बताएका छन् । दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र माओवादी केन्द्र बीच एकताको मिति बैसाख ९ गतेका लागि तय भएको कुरा प्रकाशमा आइरहेका वेला उनले एकताका विषयमा अझै धेरै सहमति गर्न बाँकी रहेको बताएका छन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी भागबण्डामै एकता हुने बताइरहेका बेला पुर्व प्रधानमन्त्री समेत रहेका एमाले नेता नेपालले संगठनमा कति प्रतिशत भागबण्डा गर्ने भन्ने कुरा कुनै पनि कार्यदलको स्तरमा छलफलमा नै नआएको बताएका हुन् ।
रेडियो कान्तिपुरको अन्तरवार्तामा नेता नेपालले भने बराबरी गर्ने की कति प्रतिशत गर्ने भन्ने कुरा कहिं कतै छलफल भएको मलाई थाहा छैन ।

उनले एकताको विषयमा आफूसँग छलफल नभएकोमा केही गुनासो समेत गरे । उनले आफू प्रचण्ड र ओली कसैको पनि सहयोगी नभएर विशेष नेता भएको बताए उनले भने, हामी सहयोगी होइनौ नेता हौं, हामी पुच्छर होइनौं, हाम्रो इतिहास छ भुमिका छ, हामीलाई हेर्दा वुझ्दा अर्कै ढंगले बुझ्नु पर्छ ।
उनले आफू कसैको चाप्लुसि गरेर नेता नभएको दावी गर्दै भने, हामी कसैको चाप्लुसि गर्नु पर्ने मान्छे होइनौं । पार्टी अध्यक्ष के पी ओली एक्लै अगाडि वढेकोमा उनको टिप्पणी थियो, पहिलो पदमा भएका मान्छेलाई फस्ट एमोंग द अल भनिन्छ, राम्रो नराम्रोको प्रमूख जिम्मेवारी आफ्नो नाउँमै हुन्छ त्यसैले पनि होला ।
उनले एकताको विषयमा दुई नेताको मात्रै नभई सबैको भुमिका रहेको बताए । उनले भने दुई नेताको मात्रै होइन सबैको भुमिका छ । हामी सबै सहमत नभएको भए उहाँहरुले मात्रै गर्न सक्नुहुन्थ्यो ?
एकता आवश्यकताको आधारमा भएको बताउँदै उनले भने तर समय ढिला भइसक्यो, एकतामा धेरै कुरा टुंगीएको छैन । तहको निश्चित भएको छ, को कुन पदमा रहने भन्ने कुरा टुंगिएको छैन ।
उनले प्रधानमन्त्री के पी ओलीको भारत भ्रमण परम्परागत नै रहेको बताए । उनले भ्मणले छिमेकी मूलुकसँगको सम्वन्धमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

Loading...

Related News

देशको समस्या समाधान गर्न नेकपाले बाहेक अरुले सक्दैन : नेपाल

काठमाडौं, १४ असोज नेकपाका नेता एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको समस्या समाधान गर्न नेकपाले बाहेक अरुले नसक्ने दावी…

माधव र झलनाथलाई साक्षी राखेर के भने प्रचण्डले ?

काठमाडौँ, २१ वैशाख । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी