यूएई जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने

120 Hits

यूएई-

संयुक्त अरब इमिरेटस् (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नयाँ नियम ल्याएको छ। अप्रिल १ देखि लागु हुने गरि यूएईको परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो। यूएई स्थित नेपाली राजदूत सागर फुँयालले अबदेखि नेपाली कामदारलाई प्रहरी रिपोर्ट नचाहिने जानकारी केहीबेर अघि प्राप्त भएको बताए। ‘मैले केहीबेर अघि यस्तो सूचना प्राप्त गरेको छु,’ उनले भने, ‘नेपाली कामदारलाई प्रहरी रिपोर्ट नचाहिने सूचना नेपालको पराराष्ट्र मन्त्रालयमा जानकारी गराउने तयारी गर्दैछु ।’

दुई महिना अघि यूएई सरकारले नेपाल लगायतका देशबाट जाने कामदारका लागि प्रहरी रिपोर्ट चाहिने निर्णय गरेको थियो। जसका कारण कामदारलाई सास्ती हुँदै आएको थियो। हाल यूएईमा आधिकारिकरुपमा २ लाख २५ हजार नेपाली रोजगारीमा छन्। अवैध कामदार समेत गरेर करिब ४ लाख नेपाली यूएईमा रहेको अनुमान गरिन्छ। – नागरिकन्यूज

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी