सावधान नेपालबाट भारतमा किशोरीको तस्करी बढ्दैछ

101 Hits

काठमाडौं, १८ चैत ।

भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल ९एसएसबी०ले सार्वजनिक गरेको हो ।
एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखाएको हो । तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको एसएसबीको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ ।

भारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल नै बनेको छ । एसएसबीले जनाएअनुसार तस्करीमा परेका उनीहरूलाई वेश्यावृत्ति, घरेलु काम तथा अन्य प्रकारका शोषणयुक्त श्रममा जबर्जस्ती लगाइने गरेको छ । कतिपय अवस्थामा उनीहरूको शरीरका विभिन्न अंग निकालेर गैरकानुनी रूपमा बिक्री गर्ने गरेको डरलाग्दो तथ्यसमेत एसएसबीले प्रस्तुत गरेको छ ।

नेपालको महिला तथा समाज कल्याण मन्त्रालयको तथ्यांकअनुसार नेपालका २६ जिल्ला मानव तस्किरीको मुख्य निसानामा छन् । यही तथ्यांकलाई उद्धृत गर्दै एसएसबीले पहाडी क्षेत्र तथा दलित समुदायका महिला तथा बालबालिकाहरू मानव तस्करीको ठूलो जोखिममा परेको जनाएको छ । कथित माथिल्लो जातिमा पर्ने महिला तथा बालबालिकासमेत तस्करीमा पर्ने गरेको जानकारी एसएसबीले दिएको छ ।

दलालहरूले ९ देखि १६ वर्षसम्मका किशोरीलाई सीमा क्षेत्रका सहरहरूमा पुर्‍याउने र बसमा राखेर भारत पुर्‍याउने गर्छन् । किशोरीहरूलाई वेश्यालयसम्म पुर्‍याउन सीमाआसपास बस्ने व्यावसायिक दलालहरू सक्रिय हुन्छन् । उनीहरूले यो कामबापत भारु ६ हजारसम्म लिन्छन् । दिदी भनेर चिनिने महिला तस्करका अलावा आफ्नै परिवारका सदस्यहरूले समेत भूमिका खेल्ने गरेको एसएसबीले जनाएको छ । प्रहरीले सीमामा रोकेर सोधपुछ गर्दा आफ्नो वास्तविक उमेर लुकाउन किशोरीहरूलाई दलालले सिकाएका हुन्छन् ।

‘नेपाली किशोरीलाई गाउँबाट काठमाडौंसम्म लगिन्छ । काठमाडौंका गेस्टहाउस वा कार्पेट उद्योग पुर्‍याइन्छ । त्यहाँबाट नेपालका सीमा क्षेत्रका सहरमा पुर्‍याइन्छ र सीमा क्षेत्रबाटै दलालको हातमा उनीहरू बेचिन्छन् । किशोरीहरू खरिद गरेर दलालले बस वा रेलमा राखी मुम्बई, कोलकाता र दिल्ली पुर्‍याउँछन् अथवा अझ साना सहरमा समेत पुर्‍याएर वेश्यालयका मालिकसमक्ष भारु ५० हजारसम्ममा बिक्री गरिदिन्छन् । अधिकांश दलाल लोकल बस चढेर दिल्ली पुग्छन् भने मुम्बई पुग्नका लागि रेल प्रयोग गर्छन्,’ एसएसबीको अध्ययनमा उल्लेख छ ।

कतिपय वेश्यालय मालिकको राजनीतिक पहुँच हुने भएकाले उनीहरूलाई कानुनी दायरामा ल्याउन नसकिएको पनि एसएसबीले स्विकारेको छ । एसएसबीका अनुसार अंगे्रजी जुन महिनाको मध्य र अगस्ट महिनाको अत्यतिर वा सेप्टेम्बर महिनाको सुरुवाततिर ‘दिदी’ भनेर चिनिने महिला दलालहरू नेपाली गाउँहरूमा पुग्ने र भारत पुर्‍याउन किशोरी जम्मा गर्ने गरेको पनि एसएसबीले जनाएको छ ।

भारतीय सरकारको हालैको एक सर्वेक्षणलाई उद्धृत गर्दै एसएसबीले जनाएअनुसार व्यावसायिक यौन कामदारको रूपमा कार्यरत महिला तथा बालबालिकामध्ये ६० प्रतिशत अत्यन्त गरिब परिवारका छन् ।

Loading...

Related News

चितवनबाट बेपत्ता सुदिप ६ दिनपछि तेह्रथुममा भेटिएपछि…

चितवन, २ मंसीर छ दिनदेखि हराइरहेका कालिका नगरपालिका-६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा भेटिएका छन्। कात्तिक २६ गते सोमबार…

तिहारमा नेपाल प्रहरीको यस्तो रणनीति : अपराध शुन्य समाज, देउसीमा कडाई

काठमाडौं, २० कात्तिक । नेपालीहरुको दोश्रो मुख्य चाड तिहारमा नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति तयार गरेको छ । दशैंमा अपनाईएको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी