सबै जनताको पहुचमा स्वच्छ र सफा खानेपानी- मन्त्री बिना मगर

159 Hits

धनगढी/

खानेपानी मन्त्री बिना मगरले स्वच्छ र सफा खानेपानी देशका सबै जनताको पहुचमा पुरयाउन आफू प्रतिवद्ध रहेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले धनगढी विमानस्थलमासंयुक्त रुपमा शनिवार गरेको पत्रकार सम्मेलनमा मगरले स्वच्छ खानेपानीको प्रयोग संविधानमै मौलिक अधिकारका रुपमा उल्लेख गरिएकाले यो दायित्व पुरा गर्न चुनौति रहेको बताइन ।

उनले भनिन्, ‘तर सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा खानेपानी सबै जनताको पहुँचमा पुर्याउन म प्रतिवद्ध छु ।’ धेरै जनता आधारभूत रुपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको बताइन ।सबै जनतालाई खानेपानी पुर्याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले यो दायित्व वहन गर्न लागि परेको मन्त्री मगरले बताइन् ।

भरतपुर क्यान्सर अस्पतालको सहयोगमा कञ्चनपुर क्षेत्र नम्बर १ मा महिलाका लागि पाठेघर र ब्रेष्टको क्यान्सर चेकजाँच अभियान संचालन गर्न लागिएको मन्त्री मगरले जानकारी दिइन । कञ्चनपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मन्त्री नियुक्त भएपछि पहिलो पटक ७ नम्बर प्रदेश पुगेकी हुन् ।

उनले निर्माणाधिन मेलम्ची आयोजनाको पानी काठमाण्डौंमा छिट्टै वितरण गर्ने गरि आयोजना निर्माणको कामले तीव्रता पाएको बताइन् । आफ्ना दिवंगत पति प्रकाश दाहाल र क्यान्सरका कारण दिवंगत हुनुभएकी ज्ञानु दाहालको स्मृतिमा आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नम्बर १ मा सर्वसाधारणको क्यान्सर जाँच अभियानका लागि मन्त्री मगर धनगढी पुगेकी हुन् ।

 

Loading...

Related News

मेलम्चीका गाडीहरू तत्काल फिर्ता गराउन मन्त्री मगरले गरिन् निर्देशन

काठमाडौं, १३ कार्तिक । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका र अन्यत्र प्रयाेग भइरहेका विभिन्न गाडीहरु…

तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिने मन्त्री बीना मगरको यस्तो योजना

नवलपरासी, २७ असोज– खानेपानी मन्त्री बीना मगरले तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिलाउने प्रतिवद्धता ब्यक्त गरेकी छिन् । उनले ती…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी