उर्जामन्त्रीले भने-‘बुढिगण्डकी आयोजना जसरी पनि बनाउछौँ, ढुक्क भए हुन्छ’

105 Hits

काठमाडौं, चैत
उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुन अनन्तले बुढिगण्डकी आयोजना कुनै पनि हालतमा सम्पन्न गरिछाड्ने बताएका छन् । बूढीगण्डकी सरोकार समितिको ज्ञापनपत्र बुझेपछि उर्जामन्त्री बर्षमान पुनले भने आयोजना जसरी पनि बनाउछौँ । तपाईहरु ढुक्क भए हुन्छ ।

उनले अगाडि थपे, बुढिगण्डकी जलबिद्युत आयोजना यो हाम्रो राष्ट्रिय गौरवको आयोजना हो । र त्यही तदरुकताका साथ हामी सम्पन्न पनि गर्छौे । विचमा राजनितिक संक्रमणका कारण केहि समस्या परेको छ भन्ने कुरा तपाईहरुको यो प्रस्तुतीले पनि देखिएको छ । काठमाडौँ, पोखरा लगायतका असाध्यै बिद्युतको माग हुने, खपत हुने लोड सेण्टरदेखि नजिक यो परियोजना निकै महत्वको छ ।


आयोजना प्रभावितहरुले उचित मुआव्जा नपाएको र समयमा मुआव्जा उपलव्ध नगराएको प्रति मन्त्री पुनको ध्यानाकर्षण गरेका थिए । उनीहरुले आयोजना जसरी पनि सम्पन्न गर्नुपर्ने धारणा राखेपछि मनत्री पुनले भने -यस्तो आयोजना गर्नुपर्छ भन्ने यहाँहरुको एकप्रकारको स्पिड छ सरकारको पनी त्यही छ ।
आयोजना प्रमूखले त्यहा देखिएका समस्याबारे जनाकारी गराएका थिए । मन्त्री पुनले ती समस्यालाई कसरी हल गरेर जाने भन्ने विषयमा आफूहरु छलफलमै रहेको बताउँदै समस्या हल गरेर आयोजना सम्पन्न गर्ने बताएका थिए । ।

उने भने यो आयोजना कुन मोडालिटिमा लैजाने भन्ने कुरा हामी सरोकारवाला, सरकार र सम्बन्धित क्षेत्र भएर छिट्टै टुंगो लगाउंछौ । सुरुमा हामीले यो परियोजनालाई विकास समिति मोडेलमा लगेका थियौ । सबै जोश जागर पनि थियो । हाम्रो चाँही नियमित भन्दा चाँडै हुन्छ भनेर हामी यो मोडेलमा गएका थियौैं । तर यो विचमा बनेका धेरै सरकारले गरेका निर्णयले केही समस्या भने सिर्जना भएको छ ।

मनत्री अनन्तले विचमा यो आयोजना छाड्दैनौ भनेर म सरकारको तर्फबाट प्रतिबद्धता ब्यक्त गर्छु भनेपछि सरोकारवालाहरु आश्वस्त बनेका थिए । अनत्नले राज्य जनताप्रति उत्तरदायी भएको बताउँदै अगाडि थपे, राज्य जहिले पनि जनताप्रती उत्तरदायी हुनुपर्छ । विगतका सरकारले गरेका राम्रा कामको म निरन्तरता दिन्छु । विगतका सरकार र मन्त्रीले गरेका काम पुरा नभएको भए पुरा गर्ने काम मेरो पनि हो । म त्यसलाई पुरा गर्ने पुरा कोशिस गर्नेछु ।

उनले राज्यले सम्पति लिएपछि घर घर पुगेर मुआब्जा दिनुपर्ने बताउँदै पीडितहरुहरु यसरी धाउनै पर्ने बाध्यताको अन्त गर्ने बताए ।
उनले जिल्ला विकास समिति हटेपनि जनतालाई आयोजनाबाट प्राप्त हुने लाभमा कुनै कमी आउन नदिने बाचा गरेका छन् ।

Loading...

Related News

उर्जामन्त्री पुन आकस्मिक नर्भीक अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौं, १६ कात्तिक । उर्जामन्त्री वर्षमान पुन अनन्त छातिमा दुखाई भएपछि आकस्मिक रुपमा नर्भीक अस्पताल भर्ना भएका छन् । नेकपाका…

नाफाको बाँकी जिवन पनि राष्ट्र र जनताको पक्षमा समर्पित गर्छु– वर्षमान पुन ‘अनन्त’

एमाओवादीका सचिव एवं पुर्र्व अर्थमन्त्री वर्षमान पुन अनन्त अत्यन्त क्रियाशील युवा नेता हुन् । वंशाणुुगत जण्डीस र टक्सीक हेपाटाइटिसबाट ग्रस्त…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी