भेनेजुएलाका प्रहरी चौकीमा आगलागी र हिंसा, कम्तीमा ६८ जनाको ज्यान गयो

165 Hits

भेनेजुयला-

भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्।

राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने बताए। बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको विवरणमा जनाइएको छ।

आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो।

घटना भएको काराबोबो राज्यका एकजना अधिकारीले आगलागीको घटनापछि एक प्रहरीलाई गोली हानिएको र अहिले स्थिति नियन्त्रणमा रहेको बताए। थुनुवाका आफन्तहरूले धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको बताएका छन्। मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न गएका महिला तथा बालबालिका पनि छन्। कैदीहरूले खचाखच भेनेजुएलाका जेलहरूमा हिंसा cहरू प्रायः भइरहन्छन्। –  विविसी

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी