कांग्रेस बैठकमा शेयरको चिन्ता, सर्वसाधारणलाई हर्ष न विस्मात !

61 Hits

काठमाडौं, १५ चैत ।
विगत केही दिनदेखी शेयर बजारमा आएको गिराबट आइरहँदा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमै चिन्ता जाहेर भएको छ ।
धनी र पुजिपतिहरुको चासोको विषय बनेको शेयर बजारको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नै छलफल चलेको हो । बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा बैठकमा गम्भीर छलफल भएको हो ।

नेपाली कांग्रेसलाई पजिपतिको पार्टी भन्ने आरोप लागिरहेका बेला उसको केन्द्रीय समितिको बैठकमा नै शेयर बजारबारे छलफल चलेपछि उत्त आरोपको थप पुष्टि हुने विश्लेषकहरुले बताएका छन् ।
वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला शेयर बजारको अवस्था ओरालो लागेकोप्रति काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार नियमित ओरालो लाग्नु सुखद् पक्ष नभएको भनी टिप्पणी गरेका थिए ।

यसअघि बैठकमा काँग्रेस नेता डा रामशरण महतले पनि शेयर बजार ओरालो लागेको सम्बन्धमा चिन्ता व्यक्त गरेका थिए ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा आज ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, आङदम्बे र महेन्द्र यादवले आफ्ना धारणा राख्नुभएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । यही चैत ९ गतेदेखि शुरु भएको बैठकमा आजसम्म ३८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखी सकेका छन् ।

Related News

के पी ओली अधिनायकवादी : देउवा

काठमाडौं, ८ बैसाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष के पी ओलीको सासन अधिनायकवादी भएको…

संकटमा कांग्रेस, भाँडभैलो संगठन, ४२ विभाग गठन हुन सकेनन्

काठमाडौं १४ चैत । कांग्रेस सभापति शेरबहादुर देउवालाई विधान संशोधन नगरी पदाधिकारी मनोनयन गर्न अप्ठ्यारो पर्ने भएको छ । कांग्रेस…

Comments are closed