श्रम दिनमा के गरे प्रदेश ६ कर्णालीका मुख्य मन्त्रीले ?

114 Hits

सुर्खेत, १५ चैत ।
हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनको रुपमा घोषणा गरेका प्रदेश ६ का मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले आज बुलबुले सरसफाई अभियानमा सरिक भए । विभिन्न् मौलिक कामबाट र्चामा रहने गरेका मुख्य मन्त्री शाहीले प्रदेश ६ लाई कर्णाली प्रदेश नामाकरण गरी उक्त प्रदेशमा एनजीओहरुलाई प्रवेश निषेध गर्ने जस्ता निर्णयहरु पनि गरेका छन् ।
आफैं माक्स लगाएर हातमा झाडु लिइ सडकमा निस्कने मुख्य मन्त्री शाहीले  आज बुलबुले ताल तथा उद्यानको सरसफाइमा सहभागि भए ।

मानसरोवरको मूलद्वारका रुपमा चिनिने बुलबुले ताल मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारले सरसफाइ गरेर श्रम दिन मनाएको छ । सरसफाइमा बुलबुले ताल तथा उद्यान क्षेत्रमा भएको मानव निर्मित फोहरको व्यवस्थापन गरिएको छ ।

सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, “समाजमा भएको फोहरसँगै हाम्रो दिमागी फोहर पनि हटाउन आवश्यक छ र बसेर खानेलाई घृणाका पात्र बनाउनु पर्छ ।” विदेशी नभई अब स्वदेशको श्रममा रमाउन सिक्नुपर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

बुलबुलेलाई स्वर्ग पुगेको अनुभूति गराउने र काक्रेविहारलाई इतिहासको झल्को दिने क्षेत्रका रुपमा विकास गर्ने बताउँदै शाहीले खासगरी नेपालको पर्यटनको गन्तव्य कर्णाली प्रदेशलाई बनाउने प्रमुख लक्ष्यका साथ ‘रारा पर्यटन वर्ष २०७५’ मनाउन थालिएको जानकारी दिए । उनले वैशाख १ गतेका दिन त्यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पनि बताए ।

वन तथा पर्यटनमन्त्री नन्दसिंह बूढाले प्रदेश सरकार कर्णाली प्रदेशको जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनका लागि पर्यटन नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताए ।
त्यसैगरी उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले ३१ बिगाहा क्षेत्रफलमा फैलिएको बुलबुले ताल र उद्यान क्षेत्र पर्यटकीय ताल मात्र नभई सांस्कृतिक ताल भएको बताए । भवन आवास कार्यालयको सहयोगमा रु पाँच करोडमा ताल निर्माण भइरहेको छ ।
सरसफाइ कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सामाजिक विकासमन्त्री दलबहादुर रावल र यातायात तथा भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्री, प्रमुख सचिव सुरेश प्रधानलगायत प्रहरी प्रमुख, उच्च सरकारी अधिकारी तथा सञ्चारकर्मी पत्रकारको सहभागिता रहेको थियो ।

Loading...

Related News

यस्ता छन् ६ नं प्रदेश मुख्यमन्त्री शाहीका ६ मुख्य योजनाहरु

काठमाडौं, ४ फागुन । प्रदेश नं ६ मा मुख्यमन्त्रीको नियुक्ती भएको छ र सपथ ग्रहण सम्पन्न भइसकेको छ । माओवादीका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी