आकाशमै जाम, नेपालमा किन हुन्छ अत्याधिक यस्तो, कसरी हुन्छ समाधान ?

166 Hits

काठमाडौं, १५ चैत ।
नेपालको एक मात्र अन्तराष्टिय विमानस्थलको रुपमा रहेको त्रिभुवन विमानस्थलमा अवतरण गर्ने सबै यात्रुहरुको पहिलो फेसबुक स्टाटसमा हुन्छ यति पटक चक्कर लगाइयो, तर सकुशल अवतरण । नेपालको आकाश छिरेपछि कहिले विमानस्थल मा ल्याण्ड भएर आफन्तलाई भेट्ने लालस राखेका नेपाली यात्रु र नेपालको सुन्दर मनमोहक दृष्ण्मा रमाउने अभिलासा बोकेका यात्रुहरु निराश हुँदै विमानस्थलमा उत्रेर लेख्ने स्टासट सामान्य जस्तै भयो । यसको मुख्य कारण हो नेपालको आकाशमा हुने टाफिक जामको समस्या ।

आकाशमै ट्राफिक जाम, प्रत्येक २ मिनेट ४२ सेकेन्डमा उडान–अवतरण

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ ।

सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक तथा बाह्य उडान–अवतरण भएका थिए । विमानस्थलको कन्ट्रोल टावरबाट जहाज व्यवस्थापनमा खटिने एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार अहिले यो संख्या दैनिक ४ सयको हाराहारी पुगिसकेको छ । पर्यटकीय सिजन (मार्च–जुन) सुरु भएपछि वायुसेवा कम्पनीले उडान थप्न थालेका छन् । आगामी जेठसम्म विमानस्थलमा दैनिक उच्च संख्यामा उडान–अवतरण हुने उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९ वैशाख ०७४ मा एकै दिन अहिलेसम्मकै सर्वाधिक ४७४ उडान भएका थिए ।

क्षमताभन्दा दोब्बर यात्रु व्यवस्थापन
विमानस्थलका एक उच्च अधिकारीका अनुसार पिक आवरमा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिघन्टा २५ सय यात्रुसम्म व्यवस्थापन गर्नुपरेको छ । तर, विमानस्थलको विद्यमान संरचनाको वास्तविक क्षमता पिक आवरमा १३ सय यात्रु प्रतिघन्टा हो । ‘१३ सय यात्रु बस्ने स्थानमा दोब्बर यात्रु बसाल्नुपरेको छ,’ उनले भने, ‘सोही रफ्तारमा वायुयानको आगमन बढ्दा व्यवस्थापन चुनौतीपूर्ण बन्नु स्वभाविक हो ।’

१८ घन्टा खुल्छ विमानस्थल, दैनिक ४ सय उडान 
त्रिभुवन विमानस्थल दैनिक १८ घन्टा खुला रहन्छ । दैनिक ४ सय उडान हुने दिन औसतमा प्रत्येक २ मिनेट ४२ सेकेन्डमा एउटा जहाज उड्ने या ओर्लने गर्छ । अन्तर्राष्ट्रियतर्फ केवल ९ वटा पार्किङ वे र एउटा मात्र धावनमार्गका भरमा हरेक साढे दुई मिनेटमा एउटा जहाज उडान या अवतरणको व्यवस्थापन गर्नु अत्यन्तै चुनौतीपूर्ण रहेको विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोलरहरू बताउँछन् । विमानस्थल बिहान ६ बजे खुल्छ भने रातको १२ बजे बन्द हुन्छ । तर, अन्तर्राष्ट्रिय उडानबाट आएका कुनै जहाज प्राविधिक कारणले रातको १२ बजेपछि आइपुग्ने अवस्थामा भने विमानस्थल खुला नै राखिन्छ ।

९ घन्टा अति व्यस्त, होल्ड गर्नुपर्ने बाध्यता
अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन कार्यालयका अनुसार बिहान १० देखि दिउँसो २ बजे र सा“झ ७ बजेदेखि रातको ११ बजेसम्म विमानस्थल अति व्यस्त रहन्छ । यो अवधिमा जहाज आकाशमै लामो समय होल्ड हुन्छन् भने ग्राउन्डमा रहेका जहाजको उडान ढिला हुन्छ । ‘अन्तर्राष्ट्रिय गन्तव्यबाट उडेका जहाज अधिकांश बिहान १०–११ बजेपछि काठमाडौं आइपुग्न थाल्छन्,’ नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्यायले भने, ‘यो समयमा अधिकांश आन्तरिक उडानसमेत हुने भएकाले बढी होल्ड र डिले हुने समस्या हुन्छ ।’ विमानस्थल कार्यालयका अनुसार सामान्य वातावरणमा भने एउटा जहाज उडेको या अवतरण गरेको २ देखि ५ मिनेटमा अर्को जहाजको पालो आउँछ । ‘पिक आवर’मा एक साथ बढी जहाज काठमाडौं आइपुग्दा आकाशमा ‘होल्ड’ गरेरै व्यवस्थापन गर्नुपर्छ ।

कसरी हुन्छ समाधान ?
अहिले अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प तयार भइसकेको छैन । ००७ मा भारतमा दर्ता भएको ‘डाकोटा एयरक्राफ्ट (डिसी ३) नामक जहाजबाट नियमित उडान सुरु भएयता मुलुकभर ५० वटा विमानस्थल बनिसकेका छन् । तर, अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प तयार भइसकेको छैन । अहिले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेका छन् । भैरहवाको विमानस्थल सन् २०१८ को प्रारम्भ मै सञ्चालनमा ल्याउने योजना भए पनि अहिलेसम्म ३२ प्रतिशत मात्र कार्य सकिएको छ । प्राधिकरणका अनुसार यो विमानस्थल आगामी एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । पोखरामा निर्माणाधीन विमानस्थल सन् २०२१ मा मात्र सम्पन्न भइसक्ने योजना छ । त्यसयता त्रिभुवन विमानस्थलबाटै अन्तर्राष्ट्रिय हवाई सम्बन्ध जोड्नुको विकल्प छैन । त्रिभुवन विमानस्थलभित्रै पनि टर्मिनल भवन निर्माणसहित पार्किङ वे थप तथा धावनमार्ग विस्तारको काम निकै सुस्त छ । तर, यी पूर्वाधारले यहा“को ट्राफिक चाप घटाउन भने कुनै भूमिका खेल्नेछैन ।

चर्चामा सीमित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल
बाराको निजगढमा ३ हजार ६ सय मिटर लामो र ४५ मिटर फराकिलो दोहोरो धावनमार्गसहितको अत्याधुनिक विमानस्थल बनाउने चर्चा सुरु भएको दुई दशक नाघिसकेको छ । तर, अहिलेसम्म प्रस्तावित विमानस्थलले चर्चेको जग्गामा तारजाली लगाउनेबाहेक अन्य प्रगति हुन सकेको छैन । जग्गा व्यवस्थापन, स्रोतको जोहो र कुन मोडलबाट यो विमानस्थल बनाउनेजस्ता प्रारम्भिक कामकै टुंगो नलागिसकेको अवस्थामा हरेक सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गर्न भने छुटाएका छैनन् ।

जहाज होल्ड गर्दा सुरक्षामा असर 
सुरक्षा : प्राविधिकहरूका अनुसार जहाज आकाशमा ‘होल्ड’ गर्दा सुरक्षामा भने खासै असर गर्दैन । संसारभरका विमानस्थलमा जहाज उडान र अवतरण गर्दा केही मिनेट होल्डमा पर्नु सामान्य मानिन्छ । तर, यात्रुले त्यसको पत्तो पाउँदैनन् । तर, नेपालमा भने छोटो गन्तव्यबाट छिटै काठमाडौं आसपास आइपुग्ने र नियमित उडान लामो समय होल्डमा बस्दा मानसिक रूपमा यात्रुमा असर पुग्छ ।
आर्थिक : जहाज होल्डबाट ठूलो असर वायुसेवा कम्पनीको आर्थिक पक्षमा पर्ने वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए । उनले भने, ‘काठमाडौं–लुक्ला उडानको समय ३० मिनेट हो । यो रुटमा एकतर्फी ३ सय लिटर इन्धन खपत हुन्छ । यसको मूल्य झन्डै ३० हजार पर्छ । तर, थप आधा घन्टा जहाज होल्डमा पर्यो‍ भने अर्को एक गन्तव्यमा जाने इन्धनको भार वायुसेवा कम्पनीमाथि पर्छ ।’ अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका ठूला जहाजले दुईतर्फी गन्तव्यलाई पुग्ने इन्धन बोकेका हुन्छन् । यसकारण होल्ड गर्दा इन्धनको समस्या त हुँदैन, तर इन्धन बढी खपत हुँदा अतिरिक्त खर्च बढ्छ ।

जोखिमको मुख्य कारण एउटा मात्र धावनमार्ग
अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले एउटा मात्र धावनमार्ग छ । तीन हजार ३० मिटर लामो यो धावनमार्गको दुवैतर्फबाट उडान–अवतरण भने गर्न सकिन्छ । तर, धावनमार्गमा आउने एउटा सानो समस्याले पनि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विच्छेद हुन्छ । २० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज विमानस्थलको धावनमार्गमै चिप्लिएपछि ४ दिनसम्म सम्पूर्ण उडान–अवतरण रद्द भएको इतिहास छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी