काभ्रेको आइटि पार्कमा प्रदेश ३ को राजधानी सार्न संसदमा भयो लिखीत प्रस्ताव दर्ता

111 Hits

हेटौंडा, १५ चैत ।
प्रदेश ३ को राजधानी काभ्रेको आइटि पार्कमा सार्न काभ्रेली सांसदहरुले लिखीत प्रस्ताव दर्ता गरेका छन् । प्रदेशको राजधानी काभ्रेमा तोक्न प्रदेश संसदमा प्रस्ताव दर्ता भएको हो । काभ्रेका प्रदेशसभा सदस्य चन्द्रबहादुर लामाले प्रदेश ३ को राजधानी तोक्ने विषयमा प्रदेशसभामा बुधबार प्रस्ताव दर्ता गराएका हुन् ।
उनको प्रस्तावमा काभ्रेका ३ साँसदले समर्थन जनाएका छन् । लामाको प्रस्तावमा प्रदेशसभा सदस्यहरु रत्न ढकाल, बसुन्धरा हुमागाईं र लक्ष्मण लम्सालले समर्थन जनाएका हुन्।
संविधानको धारा २८८ को उपधारा २ बमोजिम सांसद लामाले प्रदेश ३ को राजधानी काभ्रे तोक्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन।

प्रदेशको भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधार लगायतका दृष्टिकोणले काभ्रेमा प्रदेशको राजधानी तोक्नुपर्ने उनले माग गरेका छन्। प्रदेशका सबै सर्वसाधरणलाई अस्थायी राजधानी हेटौंडा उपयुक्त नभएकाले उपयुक्त हुने स्थानमा राजधानी तोक्न आफूहरुले प्रस्ताव दर्ता गरेको माओवादी सांसद रत्न ढकालले बताए।

संविधानमा २ तिहाई मतबाट राजधानी तोक्न सकिने प्रावधान छ।
ढकालका अनुसार प्रदेश ३ को भौगोलिक सुगमता मात्रै होइन केन्द्रको हिसावले पनि काभ्रेको हामीले प्रस्ताव गरेको स्थान उपयुत्तः हुन्छ । उनले आफूहरुले उठाएको विषयलार्य संसदले अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी