राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक संघिय संसदलाई संवोधन गर्दै

403 Hits

काठमाडौं, १५ चैत ।
सर्वोच्च अदालतमा पुनः सपथ लिनुपर्ने रिट दर्ता भइरहेको बेला राष्टपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज संवोधन गर्ने भएकी छिन् ।

बिहीबार संसदलाई संवोधन गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार सोको तयारीमा नेपाल सरकार, संघीय संसद् सचिवालय र राष्ट्रपतिको कार्यालय जुटेका छन्।

अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट पहिलो सम्बोधन हुने कार्यक्रमका लागि सो स्थलमा सरसफाइ, सजावट र सुरक्षाको प्रबन्धका लागि संसद् सचिवालयले सबै कार्य पूरा भएको सचिवालयले जनाएको छ ।

भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्ने बताइएको छ । सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ। निर्वाचनपछि संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक कक्षमा दुवै सदनको संयुक्त बैठक हुँदा अट्न सक्ने गरी कुर्सी व्यवस्थापन गरेको थियो।

प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन्। नेपालको संविधानपछि पहिलो पटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको पहिलो पटक हो।
राष्ट्रपतिले सबै निर्वाचन सम्पन्न गरी नयाँ सरकार गठन भएर मुुलुक स्थिरता र विकासको बाटामा लम्कन खोजेकामा बधाई दिँदै आर्थिक समृद्धिका लागि सबैमा आह्वान गर्ने उनका सचिालयका एक अधिकारीले बताए ।

सरकारले सम्बोधनको मस्यौदा राष्ट्रपतिसमक्ष बुझाइसकेको र निर्धा्रित समयमा राष्ट्रपति संसद्को संयुक्त बैठकमा सम्बोधनका लागि जाने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
नेपालको संविधानको धारा ९५ को दफा ९२० मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
प्रधानन्यायाधिश गोपाल पराजुलीबाट सपथ ग्रहण गरेकी भण्डारीलाई पुन सपथ गराउनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

Loading...

Related News

के छ राष्ट्रपतिद्धारा प्रस्तुत ४३ पृष्ठको नीति कार्यक्रममा ? (पूर्ण पाठ)

काठमाडौँ, जेठ ७ गते । सरकारले आफ्नो सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेको छ…

संसदलाई पहिलोपटक संवोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्-‘अब द्वन्द्व होइन विकासतिर’ (बक्तव्यको पूर्ण पाठ)

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले अब मुलूक द्वन्द्वको मार्गबाट शान्ति स्थिरता र विकासमा अघि बढेकाले सबैले विकासतर्फ पाइला…

1 Comment for “राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक संघिय संसदलाई संवोधन गर्दै”

  1. […] राष्ट्रपति भण्डारीले विश्वशान्ति र समृद्धिका छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने उनको धारणा छ । […]

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी