नौ वर्षमा वैदेशिक रोजगारीमा गएका करिब ७ हजारको मृत्यु

109 Hits

काठमाडौं, १५ चैत ।
नेपालमा रोजगारी छैन भन्दै दिनहुँ त्रिभुवन विमानस्थलबाट हजारौंको संख्यामा युवाहरु विदेशीने क्रम बढ्दो छ । दैनिक करिब ४ हजारको संख्यामा युवाहरु विदेश पलायन हुने तथ्यांक जति डरलाग्दो र भयावह छ त्यो भन्दा बढि भयावह विदेशमा भएको नेपाली युवाहरुको मृत्युको तथ्यांक छ ।
कमाएर परिवार पाल्ने र जिवनस्तर समृद्ध बनाउने लालसाका साथ विदेशीएका युवाहरु बाकसमा शवको रुपमा फिर्ता हुने कुराले कसको मन पो रुँदैन र ?
सरकारी विभागको तथ्यांकमा गएको नौ वर्षमा करिब ७ हजारले विदेशमै ज्यान गुमाएको देखिन्छ । पछिल्लो नौ वर्षमा मात्रै ६ हजार ४ सय ५८ को मृत्यु भएको छ । यो तथ्यांक कानुनी रुपमा श्रम स्वीकृति लिएर गएकाहरुको मात्रै हो । गैर कानुनी रुपमा र भिजिट भिसाको रुपमा गएर मृत्यु भएकाहरुको तथ्यांक कति छ यकिन छैन । यसरी हेर्दा ९ वर्षमा करिब १० हजारले ज्यान गुमाएको हुन सक्ने अनुमान लगाउन गाह्रो छैन ।

Related News

रोकीयो ३३ किलो सुन तस्करीमाथिको अनुसन्धान प्रक्रिया ? यस्तो छ कारण

काठमाडौं – ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको…

विदेश पढेका डाक्टरहरु नेपालमा फेल, कस्ता जान्छन विदेशमा डाक्टर पढ्न ?

काठमाडौं, ३२ असार एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । गत वर्ष १६…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी