शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको साधारण सेयर निष्काशन गर्ने

120 Hits

काठमाडौं, १४ चैत

शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनी निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । उत्पादनमुलक समूहमा सिमेन्ट उद्योग क्षेत्रबाट पहिलो कम्पनीले सेयर जारी गर्ने भएको हो ।

कम्पनीले स्थानीय बासिन्दाको लागि आठ करोड ८० लाख रुपैयाँ (आठ लाख ८० हजार कित्ता) सेयर जारी गर्ने भएको हो । उद्योग प्रभावित क्षेत्र हेटौडाको हटिया लगायतका क्षेत्रका बासिन्दाले सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय रुपैयाँभन्दा केही बढि हुने भएको हो । स्थानीयलाई अन्य सर्वसाधारणलाई भन्दा कम प्रिमियम लाग्ने कम्पनी स्रोतले बताए ।

बाँकी ४४ लाख अर्थात ४४ करोड रुपैयाँको सेयर सर्वसाधारणमा जारी हुने भएको छ । कम्पनी सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमतिको लागि पुगेको छ । कम्पनीले जारी गर्ने सेयर सहित चुक्ता पुँजी करिब ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको अध्यक्षमा सुरेन्द्र गोयल रहेका छन् । कम्पनीले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले हाल क्षमता बिस्तारपछि दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल सेयर बजारमा युनिलिभर नेपाल, बोटलर्स नेपाल (तराई), बोटलर्स नेपाल (बालाजु), हिमालयन डिष्टिलरी लगायतका उत्पादनमुलक कम्पनीको मात्रै सेयर कारोबार हुने गरेको छ ।

लामो अवधिसम्म कारोबार नभएको र लगानीकर्तासँग सम्पर्कमा नदेखिएको यसै समूहको श्रीराम सुगर मिल्स पनि एक वर्षअघि बजारमा नविकरण गरेर फर्किएको थियो । कम्पनीले हकप्रद जारी गर्ने तयारी गरेको छ ।

Loading...

Related News

सिजीले ल्यायो १० वर्षको वारेण्टीसहित अत्याधुनिक वासिङ्ग मेशीन, माग बढ्दो

काठमाडौं, १७ बैसाख । सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुको बढ्दो आधुनिकरण र व्यस्ततालाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको…

‘पीपीए गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्छाै।’-उर्जामन्त्री

काठमाडौं–उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी