शिक्षामन्त्री पोखरेलको निर्णयपछि चिकित्सा शिक्षा अध्यादेश संसदमा

271 Hits

काठमाडौं, १४ चैत

सरकारले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक यथावत रुपमा संसदमा टेबुल गर्ने निर्णय गरेको छ। संसद् सचिवालयमा दर्ता भएपछि प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ। संघीय संसद्बाट अनुमोदन भएपछि यसले कानुनको रुप लिनेछ।

अघिल्लो सरकारले चिकित्सा शिक्षा अध्यादेश जारी गरको थियो। उक्त अध्यादेश प्रतिस्थापन विधेयक संसद् सुरु भएको ६० दिनभित्र पेश गर्नु पर्ने नियमअनुसार अध्यादेश टेबुल गर्न लागिएको हो।

चिकित्सा शिक्षा अध्यादेश गत कात्तिक २४ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो। डा गोविन्द केसीको माग अनुसार अध्यादेश ल्याइएको हो। अध्यादेशमा सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत नि:शुल्क छात्रवृति, देशमा सञ्चालनमा रहेका सार्वजनिक शिक्षण संस्थाले स्नातक कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिको लागि व्यवस्था गर्नुपर्ने उल्लेख छ। छात्रवृत्तिको उक्त संख्या क्रमशः बढाउँदै जानुपर्ने उल्लेख छ।

अध्यादेशको दफा ३६ मा नर्सिङ शिक्षाको विषयमा व्यवस्था गरिएको छ। ‘आयोगले नर्सिङ लगायत चिकित्सा शिक्षा क्षेत्रका अन्य विषयहरुमा विशिष्टीकृत सेवाका लागि चाहिने नयाँ शैक्षिक कार्यक्रमहरुको सूची बनाई त्यस्ता कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नेछ,’ अध्यादेशमा उल्लेख छ ।

अध्यादेशको दफा १३ अनुसार अब काठमाडौं उपत्यकामा कम्तीमा १० वर्ष मेडिकल कलेज खुल्न पाउँदैन। ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लको हकमा यो ऐन प्रारम्भ भएको १० वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिइने वा चिकित्सा शिक्षा सम्बन्धी कुनै संस्था वा प्रतिष्ठान स्थापना गरिने छैन,’ अध्यादेशको दफा १३ को उपदफा ७ मा भनिएको छ।

 

Loading...

Related News

राजनीतिक दलसँग जोडिए शिक्षकको जागीर जान्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं, २५ कात्तिक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनाएको भन्दै राजनीतिक…

परिवर्तनको अनुभुति दिलाउनेगरी काम गर्न मन्त्री पोखरेलको निर्देशन

काठमाण्डौं, ११ असाेज- शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी