काठमाडौंमा २३ महिला सहित २ सय ३५ जनालाई किन पक्रीयो प्रहरीले ?

144 Hits

काठमाडौं, १४ चैत ।
काठमाडौंका विभिन्न थानहरुबाट २३ महिला सहित २ सय ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यौनजन्य लगायत विभिन्न गैरकानुनी कृयाकलापमा संलग्न भएको आधारमा काठमाडौं मातहत रहेका वृतहरुमा कार्यरत घुमुवा प्रहरी र क्विक रेस्पोन्स टिम ९क्युआरटी० सम्मिलित प्रहरी टोलीले विशेष अप्रेशनका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष अप्रेशनका क्रममा गलत क्रियाकलापमा संलग्न २३ महिलासहित दुई सय ३५ जनालाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० विश्वराज पोखरेलले जानकारी दिए ।

काठमाडौ प्रहरीले केही दिनयता आकस्मिक रुपमा सर्च अप्रेशन चलाउँदै आएको छ । काठमाडौं प्रहरी परिसर मातहत रहेका १४ ओटा महानगरीय प्रहरी वृतमा कार्यरत सादा पोशाकका प्रहरी र मोटरसाईकलमा गस्ती गर्ने क्युआरटी ९क्विक रेस्पोन्स टिम० ले प्रभावकारी काम नगरेको भन्दै एसएसपी पोखरेलले सबैलाई टेकुमा भेला गरेर ब्रिफिङ गरेका थिए ।

प्रभावकारी प्रहरी परिचालनका लागी क्युआरटी र सादा पोशाकमा ठुलो संख्याका प्रहरी परिचालन गरेर सर्च अप्रेशन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसायमा संलग्न उनीहरुलाई सोधपुछ गरी आवश्यक कार्वाहीको लागि चलान गरिने प्रहरीले जनाएको छ ।

Loading...

Related News

सांसद तथा गुण्डा नाइके मनाङे सर्बोच्चको आदेशपछि जेलमुक्त

काठमाडौं, ६ पुस । ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार सदरखोर जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ…

आफ्नै श्रीमतीलाई बलात्कार गर्ने युवक पक्राउ, नाम गोप्य

ताप्लेजुङ, ६ पुस । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २०…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी