चोरी गरेको आरापेमा फिल्म ‘कृ’ निर्माता सुवास गिरी पक्राउ

67 Hits

काठमाडौँ —

महिनादिन अघि मात्रै रिलिज फिल्म ‘कृ’ मा प्रयोग गरिएको गीत ‘उकालीमा पछि पछि…’ चोरी गरेको आरापेमा निर्मातामध्येका एक सुवास गिरीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसरका एसएसपी विश्व पोखरेलले पक्राउबारे पुष्टि गरेका हुन् ।

निर्देशक शम्भू प्रधानले आफ्नो फिल्म ‘सम्झना’ मा रहेको गीतसँग हुबहु ट्युन मिल्ने गरी बनाइएको गीतलाई ‘कृ’ फिल्ममा अनधिकृत प्रयोग गरिएको भन्दै उजुरी गरेका थिए । प्रधानले फिल्मका निर्माताद्वय सुवास गिरी र भुवन केसीलाई विपक्षी बनाई चोरी गरिएको गीत हटाउन र फिल्मले गरेको व्यापारको आधा हिस्सा माग दाबी गर्दै उजुरी दिएका थिए । प्रहरीले भने चलचित्र विकास बोर्डले उपलब्ध गराएको फिल्म ‘कृ’ को निर्माताका आधारमा गिरीलाई मात्रै पक्राउ गरेको हो ।

‘प्रहरीमा उजुरी हाल्नुअघि नै मैले उहाँहरुलाई छलफलका लागि बोलाएको थिएँ । नआएपछि उजुरी हालें’ निर्देशक प्रधानले कान्तिपुरसँग भने, ‘प्रहरीले पनि मिलाउन खोज्यो । मैले फिल्मबाट गीत हटाएपछि मात्रै कुरा गर्छु भनें । उहाँहरु गीत हटाउनुको सट्टा फाल्टु गफ गरेर भुलाउन खोज्नुभयो ।’ प्रधानका अनुसार छलफलकै क्रममा प्रहरीलाई समेत खबर नगरी ‘कृ’ प्रदर्शनका लागि निर्माता जापान गएका थिए । ‘फर्किएलगत्तै प्रहरीले पक्राउ गरेको हो’ प्रधानले थपे, ‘पहिल्यै आफूसँग गल्ती स्वीकार गर्दै गीत हटाएको भए एक रुपैयाँ चाहिएको थिएन ।’

‘सम्झना’को ‘उकालीमा पछि पछि…’ गीत उदितनारायण झा र दीपा झाले गाएका हुन् भने संगीत तथा रचना रन्जित गजमेरको हो । उक्त गीतमा भुवन केसी र तृप्ती नाडकर फिचरिंग छन् भने ‘कृ’ को अनमोल केसी र अदिती बुढाथोकी फिचरिंग सोही बोलको गीतलाई अलमोडा राना उप्रेतीले गाएका छन् भने उनैले रचना तथा संगीतलाई रिमेक गरेर तयार पारेका हुन् ।

हालै मात्रै मुम्बईबाट काठमाडौं आएका रन्जित गजमेरले गीत चोरी गरेको पत्तो पाएपछि कारवाही प्रक्रिया अघि बढाउन प्रधानलाई अनुरोध गरेका थिए । प्रधानले अब अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताए ।- कान्तिपुरबाट

Related News

‘वीराङ्गना’को मसला एक्शन ट्रेलरमा यस्तो छिन् शिल्पा

मूलखबर। काठमाण्डौ   अभिनेत्री शिल्पा पोखरेल तथा अनुप विक्रम शाही स्टारर ‘वीराङ्गना’को एक्शनमय ट्रेलर सार्वजनिक भएको छ। असार २९ गते…

Why sexual harassment is a reality in Bollywood ?

Media captionBollywood actresses Radhika Apte and Usha Jadhav are speaking out about sexual harassment Every year thousands of young men…

Comments are closed