एकता बराबरी भागबण्डामा गर्न कार्यदललाई निर्देशन : प्रचण्ड

126 Hits

काठमाडौं, १३ चैत।
नेकपा एमाले र माओवादी केन्द्रबीच बराबरी भागबण्डामा एकता हुने भएको छ । निर्वाचन र सरकारमा ६०/ ४० को भागबण्डा गरेर एकता प्रक्रिया अगाडि वढाइरहेका दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच संगठनमा भने बराबरी भागबण्डाका साथ एकता हुने भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन र सरकार जस्तो संगठन नभएकाले संगठनमा भने बराबरी हैसियत र संख्यामै भागबण्डाका साथ एकता हुने बताएका हुन् । उनले यस विषयमा हतार गर्नुभन्दा गम्भीर भएर गृहकार्य गर्न पनि कार्यदललाई निर्देशन दिएका छन् ।

बाहिर चर्चा चले जस्तो ७० र३० को भागवण्डाका आधारमा नभई बराबरी हैसियतमा पार्टी एकता हुने प्रचण्डको भनाई छ ।

पार्टीसम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अगुवा कार्यकर्ता प्रशिक्षणको सम्मापन गर्दै प्रचण्डले पार्टी एकता गर्दा संगठनमा बराबरी भागवण्डा हुनुपर्ने बताएका हुन् ।

स्थानीय चुनावलाई आधार बनाएर संघ र प्रदेशको चुनावमा ६० /४० को भागवण्डा भएको भन्दै उनले भने, ‘बाहिर भनिए जस्तो एमालेबाट २०० र माओवादीबाट ९९ जना लिएर केन्द्रीय कमिटी बनाउने होइन । बराबरी बाहेक पार्टी एकता हुँदैन ।’

एमाले नेताहरुले भने चुनावी परीणाम अनुसार ७०र३० को मोडल हुन सक्ने बताउँदै आएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले भने चुनावका लागि बनाएको विधि पार्टी एकतामा लागू नहुने बताए । विगतका पार्टी एकताहरुमा पनि बराबरी हैसियत दिएको सुनाउँदै उनले झण्डै ५०र५० प्रतिशतकै हैसियतमा एकता हुने बताए ।

पार्टी एकतापछि महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने र दुबै अध्यक्षको क्षेत्राधिकार समान हुने उनले बताए । पार्टी एकता चाँडै गर्ने भनिएपनि कार्यविधि अझै नटुंगिएको र यसले समय लिने भन्दै बैशाख १० मा एकता हुनसक्ने बताए ।

प्रचण्डले भनेका छन्, ‘हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा सबै कुरा मिलेपछि मात्र एकता गर्नुपर्छ ।’

Loading...

Related News

नेकपाले तोक्यो प्रदेश पदाधिकारीहरु (नामावलीसहित)

काठमाडौं। सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटिका मुख्य पदाधिकारीहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सचिवालयको…

जनयुद्द र शान्तिका नेता प्रचण्डकाे चिनमा विश्व शान्तिबारे पत्रकार सम्मेलन

काठमाडाैं, २ असाेज । नेपालकाे १० वर्षे सशस्त्र जनयुद्ध र शान्ति प्रकृयाकाे समेत नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले चिनमा समेत…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी