रुसको साइबेरियास्थित शपिङ सेन्टरमा आगलागी, ३७ जनाको मृत्यु

139 Hits

काठमाडौं, १२ चैत ।
रुसको साइबेरियास्थित एक शपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । केही व्यक्ति वेपत्ता छन् । एक सय जनाभन्दा बढीलार्इ उद्धार गरिएको छ ।

स्थानीय मिडियाका अनुसार केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो जहाँ सिनेमा घर छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु छन् । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् ।

टेलिभिजनमा देखाइएको तस्विरहरुमा शपिङ सेन्टरबाट बाक्लो धुँवा निस्किरहेको र मानिसहरु झ्यालबाट बाहिर हामफालेको देखिन्छ ।

अग्निनियन्त्रक र उद्धार टोली घटनास्थलमा परिचालित छन् । केमेरोफो शहर रुसको राजधानी मस्कोबाट २ हजार २ सय मील टाढा पर्दछ । यो शहर कोइला उत्पादनमा प्रसिद्ध छ ।

स्थानीयबासीका अनुसार सन् २०१३ मा बनाइएको यो शपिङ मल निकै चर्चित छ । यसमा एक सानो चिडियाघर पनि छ ।

आगलागीका कारण खुलेको छैन । रुसको चाँच समितिले यसलाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी