उदयपुरका उपसचिव सांसद र मेयरद्वारा कार्यालय भित्रै कुटिए

61 Hits

उदयपुर । उदयपुरमा प्रतिनिधि र प्रदेशसभाका सांसदलगायतका टोलीले वन कार्यालयका उपसचिवलाई कुटपिट गरेका छन् । प्रदेश सांसद कला घले, क्षेत्र नम्बर २ प्रतिनिधिसभाका सांसद सुरेशकुमार राई, नगपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठसहितको वडाध्यक्षहरुको उपस्थितिमा इलाका वन कार्यालय कटारीका उपसचिव नारायण श्रेष्ठमाथि कुटपिट गरेका हुन् ।

उदयपुरको कटारी नगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रमा स्काभेटर र डोजर प्रयोग गरेको भन्दै उपसचिव श्रेष्ठको नेतृत्वमा गएको वन कर्मचारीले स्काभेटर र डोजरका अपरेटरलाई पक्राउ गरेको भन्दै श्रेष्ठलाई लातले हानेको बताइएको छ । ‘दुई दर्जनको संख्यामा आएको समुहले पक्राउ गरेका अपरेटरलाई फिर्ता ल्याउ भन्दै छातीमा लात्ताले हाने,’ पीडित उपसचिव श्रेष्ठले भने, ‘वडा सदस्य काशीराज पोखरेल, नगर कार्यसमिति सदस्य लिलाराज अधिकारी दनुवार र अर्का एक जनाले कार्यालय भित्रै पिटे ।’

मेयर श्रेष्ठले भने ‘विकास विरोधी काम गरेकोले जनताले कारबाही गरेका हुन् ।’ ‘स्थानीय सरकारले गरेको विकासमा अवरोध पर्‍ुयाएको र कर्मचारीको रवाफ देखाएकोले कारबाही भएको हो ।’ तर हात हालेको आफूलाई थाहा नभएको जानकारी दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी