एन्फाको साधारण सभा र निर्वाचन स्थगित

82 Hits

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी बुधबारका लागि तय गरेको साधारण सभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । एन्फाको निर्वाचन समितिले आइतबार एक विज्ञप्ति जारी गरी सो जानकारी गराएको हो ।

निर्वाचन समितिका संयोजक र सहसंयोजकद्वारा हस्ताक्षरित विज्ञप्तीमा नयाँ निर्वाचन तालिकाका बारेमा केही उल्लेख गरिएको छैन । एन्फाले पाटन उच्च अदालतले मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखुले दिएको रिटमा यसअघि दिएको अन्तरिम आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

निर्वाचन समितिले एन्फाले गत शुक्रबार पठाएको विवरणका आधारमा निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । विज्ञप्तिमा एन्फाले फिफा र ए।एफ।सीलाई पठाएको पत्रका बारेमा भने केहि खुलाएको छैन।

Related News

Comments are closed