“ईयूले नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो”-प्रधानमन्त्री ओली

134 Hits

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न चेतावनी दिएका छन् । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् ।

संविधान नेपालको उपलब्धी भएको भन्दै उनले त्यसलाई अबमूल्यन नगर्न चेतावनी दिए । नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, यो नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो । मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं ।’ नेपालको विरोधपछि सच्याउँला भन्ने ठानेको तर, ईयू झन जिद्दिपूर्ण देखिएको उनले बताए । उनले भने, म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ ।’निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै उनले त्यसको प्रतिशोध प्रतिवेदन नलिन आग्रह गरे । प्रधानमन्त्री ओलीले निर्वाचन गराएकोमा राष्ट्रपति र अदालतलाई धन्यवाद दिएका छन् । अघिल्लो सरकारले निर्वाचन नगराउन चाहेको भएपनि अदालतले साथ नदिएको भन्दै उनले धन्यवाद दिएका हुन् । उनले भने, ‘राष्ट्रपतिले पनि चुनाव नगर्दा नराम्रो परिस्थिति आउँछ भन्नुभयो ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी