यस्तो छ पार्टी एकताको मोडालिटी, बैशाख ९ अघि नै एकता घोषणा हुने तयारी

125 Hits

काठमाडौं । बैशाख ९ गते गर्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता त्यसअगावै हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि २३ गते ओली भारत भ्रमण जानु अगावै पार्टी एकता गर्नुपर्ने पक्षमा रहेका छन् ।

युवा नेता नेकपा एमालेका सचिव योगेश भट्टराइले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच वैशाख ९ गतेअघि नै पार्टी एकता हुने सम्भावना रहेको बताएका छन् । भट्टराईले एकताका लागि सबै तयारी पूरा भएको भन्दै उनले छिटै एकता हुने बताए । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि नै एकता गर्ने प्रयास भइरहेको उनले बताए । एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले भ्रमणमा जाने हो भने ‘भारत भ्रमणमा एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको रुपमा जाँदाखेरी महत्व ज्यादा हुने भएकाले भ्रमणअघि नै एकता गर्ने प्रयास भइरहेको छ’ उनले भने ।

विवादका विषय मिलाउनका लागि बनेका दुईवटा कार्यदलले काम सकिसकेको भन्दै उनले अब एकता संयोजन समिति र दुवै पार्टीभित्र छलफल भएपछि कुरा टुङ्गिने दाबी गरे । जुन विषयमा अहिले सहमति हुन सक्दैन, त्यो विषयलाई महाधिवेशनले टुङ्गो लगाउने भट्टराईले बताए । पार्टी एकता गर्दा विचार र व्यक्ति दुवै कुराको व्यवस्थापन गरेर सार्थक रुपमा एकता गर्नुपर्ने उनको तर्क छ । नेता व्यवस्थापनका लागि विभिन्न कमिटि र विभागको आकार ठूलो हुन सक्ने उनले बताए । दुई दल एक हुँदा तीन सय पचास जनासम्मको केन्द्रिय समिति हुन सक्ने भट्टराईले बताए । ‘दुई दल एक हुँदा तीन सयभन्दा बढि सदस्यीय केन्द्रिय समिति हुनु जम्बो होइन । किनभने एमालेको दुई सय ६ र माओवादीको चारहजार सदस्यलाई मिलाउँदा तीन सयभन्दा बढि हुनु सामान्य हो’ उनले भने ।

पोलिटव्यूरो सदस्य एक सयको हाराहारीमा हुने उनले बताएका छन् । स्थायी समिति सदस्य ४० जनाको हाराहारीमा बनाउन लागिएको जानकारी उनले दिए । केन्द्रिय समिति ३५०, पोलिटव्यूरो १००, स्थायी समिति ४० जना रहने उनले बताए । स्थानीयदेखि केन्द्रसम्म सबै नेता कार्यकर्तालाई सम्मानपूर्वक व्यवस्थापन गरिने भट्टराईको दाबी छ । पार्टी एक भएपछि सशक्त कम्युनिष्ट दल बन्ने दाबी गर्दै उनले कम्तिमा २५ र बढिमा ५० वर्षसम्म देशको शासन संचालन गर्ने भट्टराईले बताए । ५० वर्षपछिको अहिले नै किन घोषणा गर्ने भनेर नभनिए पनि लामो समयसम्म कम्युनिष्ट शासन रहने उनको भनाई छ । नेपालको माटो कम्युनिष्टका लागि मलिलो भएको भट्टराईको तर्क छ ।

विगतमा एमाले र मओवादी दुवै दल एकता, फुट र विवाद भोगको पार्टी भएकाले अनुभवका आधारमा सकारात्मक भएर कम्युनिष्ट पार्टीलाई बलियो बनाउने उनको दाबी छ । नेमकिपा र राष्ट्रिय जनमोर्चालाई पनि पार्टी एकता प्रक्रियामा ल्याउन पहल गरिने उनले बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी