माओवादीले फेर्यो प्रदेश इन्चार्ज, को-कोले पाए नयाँ जिम्मेवारी ?

200 Hits

काठमाडौं, १० चैत ।
नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु परिवर्तन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको आज सम्पन्न बैठकले प्रदेश प्रमूखहरु हेरफेर गरेको प्रबक्ता पम्फा भुषालले जानकारी दिइन् ।

प्रदेश नं ३ र ७ बाहेक सबै प्रदेशका इन्चार्जहरु माओवादीले परिवर्तन गरेको हो । प्रदेश १, २, ४, ५ र ६ मा नयाँलाइ जिम्मेवारी दिइएको छ । पार्टीले प्रदेश इन्चार्ज भएकाहरुलाई मन्त्रीमा पठाएपछि उक्त स्थानमा नयाँलाई जिम्मेवारी दिने निर्णय गरेको प्रबक्ता भुषालको भनाई छ ।
मन्त्री भएका नेताहरुको जिम्मेवारी सरकारमा नै वढि हुने तथा पार्टीको काममा पुरै ध्यान दिन नसक्ने भएकाले उत्तः स्थानमा अर्कोलाई जिम्मा दिने निर्णय गरिएको हो ।

आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको हेडक्वाटर बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको थियो।

निर्णय अनुसार प्रदेश १ मा गोपाल किरातीलाई हटाई राम कार्कीलाई इन्चार्ज तोकीएको छ भने २ मा मातृका यादवलाई हटाई विश्वनाथ शाहलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश नं ३ मा पुरानै इन्जार्च हितमान शाक्यलाई यथावत राखीएको छ भने ४ नं मा देव गुरुंगको स्थानमा हितराज पाण्डेलाई इन्चार्ज बनाइएको छ ।

त्यसैगरी प्रदेश नं ५ मा वर्षमान पुन अनन्तको स्थानमा मणी थापालाई इन्चार्जको जिम्मा दिइएको छ भने प्रदेश ६ मा शक्ति वस्नेतको स्थानमा जनार्दन शर्मालाई नै इन्चार्जको जिम्मा दिइएको छ त्यसैगरी प्रदेश ७ मा भने पुरानै इन्चार्ज लेखराज भट्टलाई नै जिम्मेवारी दोहोर्याइएको छ ।

इन्चार्जबाट हटेका किराती पार्टीको कार्वाहीमा परेका थिए भने मातृका यादव उद्योग वाणीज्इ तथा आपूर्ती मन्त्री बनेका छन् । त्यसैगरी वर्षमान पुन उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बनेका छन् भने शक्ति बस्नेत वन मन्त्री बनेका छन् । त्यसैगरी गुरुंग संसदीय दलको प्रमुख सचेतक बनेका छन् ।

माओवादीले पार्टी एकतालाई मुर्त रुप दिन तथा एकीकरणलाई तोकीएकै मितिमा सम्पन्न गर्न गृहकार्यलाई थप तिब्रता दिने निर्णय गरेको छ । पार्टीका तर्फबाट आवश्यक सबै प्रक्रिया चैत महिनाभित्रै सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी