‘काँग्रेसले हार्नुको मुख्य कारण नै लोकतान्त्रिक गठबन्धन हो’-सिटौला

67 Hits

काठमाडौँ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चुनावमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न बनाइएको लोकतान्त्रिक गठबन्धनले काँग्रेसलाई घाटा भएको बताएका छन् । प्रतिनिधिसभा चुनावमा कांग्रेस हारको समिक्षा गर्न बसेको बैठकमा बोल्दै उनले पार्टीले हार बेहुर्नुको मुख्य कारण राप्रपा संग मिलेर चुनाव लड्नु भएको बताए ।

उनले भने, ‘डेमोक्रेटिक अलाइन्स एकदम गलत थियो। राप्रपा जस्तो पुरातनवादी शक्तिसँग मिलेर निर्वाचनमा जानु गलत थियो। राजपा फोरम जतिसँग हाम्रो तालमेल भयो उनीहरुलाई हामी सहयोगी भयौँ हाम्रा लागि उनीहरु कोहिपनि भएनन्। त्यो हाम्रो एकदम कमजोर रणनीति थियो,’ उनले भने, ‘चुनावी मुद्दा पनि वामगठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हाम्रो भएन, त्यसैले हामी हार्‍यौँ।’

पार्टी सभापति शेरबहादुर देउवालाई ईशारा गर्दै अब पनि नफेरिए कांग्रेस समाप्त हुने बताए । अझैपनि ठिक छु भन्दै हिँड्ने हो र नफेरिने हो भने देश अर्कैको कब्जामा जाने उल्लेख गरे। बैठकमा उपस्थित एक नेताका अनुसार सिटौलाले लिखित प्रतिवेदन पेश गरेका थिएनन् तर लामो भाषणमार्फत चुनावी समिक्षा गरे। ‘जस्तो छु त्यस्तै ठिक छ भनेर हिँड्ने हो भने पार्टी त तपाईँले कब्जा गर्नुहोला देश अर्कैको कब्जामा जान्छ,’ उनलाई उदृत गर्दै ति नेताले भने, ‘नीतिगत, रणनीतिगत र नेतृत्वको प्रवृत्ति लगायत सबै कुरामा आमुल परिवर्तन नभइ अब आउने चुनौति पार्टीले थेग्न सक्दैन। पार्टी नै समाप्त भएर जान्छ।’ पनि उनले जिकिर गरे। उनले सुशील कोइरालाले एमालेसँगको राजनीतिक सहमति तोडेको देखि देउवाले चुनावमा मनपरि ढंगले टिकट वितरण गरेको सम्मका विषयमा बोलेका थिए।

Related News

Comments are closed