भृकुटीमण्डपमा खाद्य मेला सुरु, आइतबारसम्म चल्ने

95 Hits

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि तेस्रो खाद्य मेला सुरु भएको छ । स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो । मेला आइतबारसम्म चल्ने बताइएको छ ।

मेलामा थारु, नेवार, राई लगायत विभिन्न जाति जनजातिका लोकप्रिय पौष्टिक परिकारको प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । आयोजकका अनुसार मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १४ स्टल, विभिन्न संघसंस्थाका जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री विवतरण गर्ने गरी ४० वटा गरि ७८ स्टल सहभागि छन् ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी