बालकृष्ण ढुंगेलको गिति एल्वम विमोचित, ढुंगेलको रिहाई र स्वास्थ्यउपचारको लागि पहल गर्न आग्रह

211 Hits

काठमाडौं, ८ चैत

जनयुद्धकालिन मुद्धामा जेल सजाया भोगिहेका माओवादी नेता वालकृष्ण ढुंगेलको गिति एल्वम विमोचान भएको छ ।
हाल डिल्लीबजारस्थित सदरखोर जेलमा रहेका नेता ढुंगेलको खाली खुट्टे नामक एल्बमको विमोचान गरिएको हो । राजधानीको बबरमहलस्थित काकीृ पार्टी प्यालेसमा आयोजित विमोचान समारोहमा प्रमूख अतिथि राष्टिय गितका रचनाकार व्याकूल माइला रहेका थिए भने माओवादी नेता राम कार्की, पुर्व शिक्षा मनत्री डि आर पौडेल लगायत अतिथिको रुपमा सहभागि भएका थिए ।


ढुंगेलकी जेठी छोरी विनीता ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ओखलढुंगाका प्रतिनिधि सभा सांसद यज्ञराज सुनुवार, लेखक तथा समालोचक युगपाठक, शहीद रित बहादुर खड्काकी ममतामयी आमा उमा खड्का पनि अतिथिको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा सभापतित्व गरेकी ढुंगेलको छोरीले युद्धकालमा आमा आफू र वहीनी तथा परिवारले पाएको दुःख र यतना तथा बालकृष्ण ढुंगेलले पाएकोदुख र लिएको मार्गबारे बताउँदा हल परै स्तव्ध बनेको थियो । उनले आफ्ना बाबा बालकृष्णले कुनै अपराध नगरेको दावी गर्दै ाज्यले आफूहरुको मावअधिकारको हनन गरेको बताएकी थिइन् ।
उनले तत्कालिन समयमा सेना र प्रहरी तथा राज्इ आफूहरुलाई गाउँमा वस्न समेत नदिएपछि शहरमा आएर अनाथलयमा वस्नुपरेको दुखान्त सुनाउँदा सबैका आँखा रसाएका थिए ।
बालकृष्णको स्वासथ्य अवस्था अत्यन्त्े नाजुक भएको भन्दै उनले बुबालाई उपचार सम्मको अधिकारबाट समेत राज्ले बन्चीत गरेको बताएकी थिइन् । दुबै मृगौला फेलर भएको तथा उच्च ब्लड प्रेसर र मुटु तथा फोक्सोमा समेत समइा भोगिरहेका बाबाको उपचारको व्यवस्था गरिदिन उनले सरकोकारवालासँग आग्रह समेत गरेकी छिन् ।
बालकृष्ण ढुंगेलको विमोचित एल्वममा चेतना सापकोटाको स्वर तथा संगित रहेको छ भने चर्चित गायीका अञ्जु पन्त, दिक लिम्बु शिव परियार र रामचन्द्र काफ्लेको पनि स्वर रहेको छ ।
कार्यक्रममा प्रमूख अथिथि व्इाकूल माइलाले बालकृष्ण ढुंगेल नेता र राजनीतिज्ञ मात्रै नभई कुशल साहित्यकार पनि रहेको प्रमाणीत भएको भन्दै उनको रिहाई र स्वास्थ्य उपचारको लािग सबैले पहल गर्न आग्रह गरेका थिए ।

Loading...

Related News

अन्तत बालकृष्ण जेलमुक्त, ‘सत्यको जीत षड्यन्त्रकारीको हार’ : ढुंगेल

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर पुर्व माओवादी नेता तथा ओखलढुंगाका पुर्व साँसद बालकृष्ण ढुंगेल जेल मुक्त भएका…

माओवादी नेता बालकृष्ण ढुंगेललाई जेलमै सडाईराख्ने षड्यन्त्र

काठमाडौं, १२ जेठ । माओवादी जनयुद्धकालीन मुद्धामा पटक पटक जेल जिवन व्यतित गरेका ओखलढुंगाका पुर्व साँसद तथा वाम नेता बालकृष्ण…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी