धुर्मुस सुन्तलीले सुरु गरे ड्रिम प्रोजेक्टको रुपमा ‘नमुना नेपाल’निर्माण अभियान

91 Hits

काठमाण्डौँ । यसअघि बिभिन्न स्थानमा नमुना बस्ती निर्माण गरेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आफ्नो ड्रिम प्रोजेक्ट ‘नमुना नेपाल’ निर्माणको काम सुरु गरेका छन् । भुकम्प र बाढी पहिरो पीडितका लागि नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गरेका धुर्मुस सुन्तलीले अव भने समग्र नेपालकै झल्को आउने गरी ठुलो परियोजना सुरु गरेका हुन् ।

धुर्मुससुन्तली फाउण्डेसनको नाममा बनाउन लागिएको ‘नमुना नेपाल’ परियोजनाको सर्भेको काम सकिएको छ । ललितपुरको लेले स्थित खावाडाँडामा १६ सय रोपनी जग्गामा निर्माण गर्नेगरी सर्वे पुरा भएको र अहिले मास्टर प्लानको चरणमा काम भैरहेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । कट्टेलले भने, ‘यो एउटा महत्वपुर्ण परियोजना हो, यसले नेपाललाई विश्वमै पहिचान दिलाउन महत्वपुर्ण भुमिका खेल्ने छ, देशलाई आर्थिक समृद्धि तर्फ बढाउन सहयोग गर्नेछ ।’ यि कामका लागि सरकारले समन्वयकारी भुमिका निर्वाह गरी सहयोग गरेमा थप टेवा पुग्ने उनले बताए । ‘नमुना नेपाल’ परियोजना निर्माणका लागि ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । परियोजनामा हिमाल, पहाड र तराईको झल्को आउने गरी संरचना निर्माण गरिनेछ । हिमालदेखि तराईसम्मका जाति जनजातिको सांस्कृतिक प्रतिनिधित्व पनि यो परियोजनामा हुने फाउन्डेसनले जनाएको छ ।

सबै जातजातिका विपन्न परिवारलाई राखेर यो नेपालकै समावेशी र नमुना बस्ती बनाउने फाउण्डेसनको योजना छ । २०७२ साल बैशाख १२ गते आएको बिनाशकारी भूकम्पमा धेरै नेपाली घरबारविहिन भएसँगै कट्टेल र घिमिरेले धुर्मुस सुन्तली फाउण्डेसन स्थापना गरि काम अघि बढाएका थिए । फाउण्डेसनले पहिलो पटक काभ्रेपलान्चोको पाँचखाल नगरपालिका १६ मा पर्ने डाँडाँगाउँमा एकिकृत नमूना पहरी बस्ती निर्माण गर्यो । नेपालकै लोपोन्मुख तथा सिमान्तकृत जाति बसोबास गर्ने डाँडाँगाउँमा विभिन्न संघसंस्थाको सहयोगमा नमूना बस्ती निर्माण गरिएको थियो । फाउण्डेशनले दोस्रो पटक सिन्धुपाल्चोकको गिरानचौरमा नमूना बस्ती निर्माण गर्यो । ३५ रोपनी क्षेत्रफलमा फैलिएको यो बस्ती ५ करोडको लगानीमा निर्माण गरिएको थियो । बस्तीमा ६५ वटा घर, एक सार्वजनिक भवनका साथै बाल बालिकाका लागि खेल्नका लागि पार्क समेत निर्माण गरिएको छ । त्यसपछि धुर्मुस सुन्तली फाउण्डेसनले ५० घरधुरी बस्न मिल्ने गरी बर्दिबास नगरपालिका –१ मा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेको छ । लगभग १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यस एकीकृत बस्तीलाई बालमैत्री तथा अपाङ्गमैत्री पनि बनाईएको छ । त्यसपछि धुर्मुस सुन्तली फाउण्डेसनले चौंथो परियोजनाअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–८ को सन्तपुरमा ४७ घर परिवार बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

फाउण्डेसनका अध्यक्ष कट्टेल भन्छन, ‘सामाजिक काम गर्न पाउँदा सन्तुष्टि मिलेको छ । हामी त एउटा नेतृत्वकर्ताको रुपमा काम गरिरहेका हौँ, यसका लागि स्वदेश र विदेशमा रहेका नेपालीले गरेको सहयोग निक्कै महत्वपुर्ण छ ।’ साथै सामाजिक कार्यका लागि सरकारबाट आर्थिक सहयोग उपलब्ध नभएपनि समन्वयकारी भुमिका भने पाईरहेकाले काम गर्न सहज भएको उनको भनाई छ । सरकारले एकीकृत बस्ती विकास अन्तर्गत दोहोरो कर लाग्ने भएपनि छुट दिएकाले सहज भएको उनले बताए । धुर्मुससुन्तली फाउण्डेसनको सुझाव समग्र रुपमा पुर्ननिर्माणको कामलाई तिव्र गतिमा अघि बढाउन पुर्ननिर्माण मन्त्रालय गठन गर्न फाउन्डेसनले सुझाव दिएको छ । ‘राष्ट्र निर्माण गर्न पनि पुर्ननिर्माण मन्त्रालय आवश्यक छ । राष्ट्रका लागि काम गरिरहेका अभियन्तालाई सरकारले उचित मुल्याङ्कन गरी जिम्मेवारी प्रदान गर्नुपर्ने छ । सरकार सबै ठाउँमा पुग्न सक्दैन त्यसैले अभियन्तालाई जिम्मेवारी दिएमा विकासले फड्को मार्न सक्ने छ ।’ उनले भने, ‘पुर्ननिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले अन्य मन्त्रालयसँग समन्व नगरीकन काम गर्ने अवस्था नभएकाले पनि मन्त्रालय गठन भएमा यसमा थप टेवा पुग्ने छ ।

सरकारले भुकम्पपिडित, बाढीपहिरो पिडित लगायतको समस्या सम्बोधन गर्नका लागि दिर्घकालिन योजना बनाउन आवश्यक देखिन्छ ।’ बढ्यो आत्मविश्वास भुकम्पपछि धुर्मुस सुन्तली यो सामाजिक अभियानमा लागेको ३ वर्ष बितिसकेको छ । काम गर्दै जाँदा आत्मविश्वास बढेको कट्टेलले बताए । ‘यो अभियानमा लागिरहँदा समग्र रुपमा पर्नुनिर्माण गर्न सकिन्छ भन्ने आत्म विश्वास जागेको छ ।’ उनले भने, ‘भुकम्पपीडित र बाढी पहिरो पीडितका लागि केही हदसम्म मलमपट्टि लगाउने हिसाबमा एकिकृत नमुना सन्तपुर बस्ती निर्माण गरीरहँदा धेरै प्रकारका पीडा देख्न पाईयो, अब सरकारले यसलाई प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्छ ।’ सरकारले जिम्मा दिए अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन तयार फाउण्डेसनका अध्यक्ष कट्टेलले सरकारले सबै कुराको व्यवस्थापन गरे नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने जिम्मेवारी लिन तयार रहेको बताए । आफ्नो परियोजनाको काम सुरु भएकाले तत्काल क्रिकेट मैदानका लागि काम गर्न सहज भने नभएको उनले बताए । कट्टेलले भने, ‘सरकारले आर्थिक पाटोमा संयोजन गरी जग्गा उपलब्ध गराए निर्माणको जिम्मेवारी लिन फाउण्डेसन तयार छ ।’ सरकारले सबै पक्षको व्यवस्थापन गरे फाउण्डेसनलाई दिएको समय भन्दा अगाडी नै निर्माण पुरा गरी हस्तान्तरण गर्ने बताए ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी