रुकुममा जिप दुर्घटना, १ को मृत्यु, छ गम्भीर घाइते

55 Hits

रुकुम, ७ चैत —

पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नंको जिप बुधबार राति अघि बाफिकोट–६ मग्मामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ यात्रु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।


घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइँदैछ। अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन। घटनास्थलमा अहिले उद्धार कार्य जारी छ। जिप सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ। प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हो। पाँच यात्रु क्षमताको जिपमा २३ जना सवार थिए।

Related News

Comments are closed