भ्रष्ट र भ्रष्टाचारले छुट पाउने दिन गए : प्रचण्ड

107 Hits

सिरहा,

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब भ्रष्टाचार र भ्रष्टहरुले छुटकारा नपाउने बताएका छन् ।
हुलाकी लोकमार्गको सिरहामा शिलान्यास गर्दै पुर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले कुनै पनि भ्रष्टाचारीले छुटकारा नपाउने बताएका हुन् ।

लामो राजनीतिक संघर्षपछि मात्रै देशको शासन पद्धति फेरिएको बताउँदै । सिरहाको बरियारपट्टीमा मंगलवार हुलाकी लोकमार्गको शिल्यानास कार्यक्रममा उनले प्रचण्डले भने,‘कुनै भ्रष्टलाई छुट दिइने छैन । हामीले देशको विकासमा क्रान्ति ल्याउन चाहेका छौं,’ ।
उनले विकासमा बाधा पुर्याउने जो सुकै कर्मचारी वा सुरक्षा निकायका पदाधिकारी सबैलाई नछाडिने बताए । उनले भने, विकासमा बाधा पुयाउने र भ्रष्टाचार गर्नेलाई दण्ड गरिन्छ ।’

जनताको हितमा काम गर्नेलाई पुरस्कार र अहित गर्नेलाई दण्डित गरिने पनि प्रचण्डको भनाई थियो ।
उनले बाम गठबन्धनको सरकारले जनहितमा काम गर्न कै लागि दुईतिहाई भन्दा बढी मत प्राप्त गरेको भन्दै त्यसको कदर गरिने बताए ।

प्रचण्डले बिनियोजित बजेट तथा योजनाहरुमा छिनाझप्टीको अनत्य हुने दावी पनि गरे ।
उनले भने योजनाहरुमा एकले अरुसँगको छिनाझम्टीमा लागेर अलपत्र छाड्ने पारिपाटीको अन्त्य हुनेछ । अब कसैको छिनाझम्टी चल्दैन् । ठेक्कापट्टामा कमिशन खाने र खुवाउने फेला परेमा कारबाही गरिनेछन । जनताले अब कष्ट भोग्नु पर्दैन ।’

उनले बरियारपट्टी दक्षिण पाँच सय मिटर भारतीय बजारसँग व्यापारीक सम्बन्धलाई राम्रो बनाउन र व्यवस्थापनको लागि भन्सारको स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रचण्डले ६ लेनको हुलाकी लोकमार्ग निर्माण भइछाड्ने बताए । प्रचण्डले पशुपतिनाथको मन्दिर, बुद्धको जन्म थलो लुम्बनी र जनकपुरको जानकी मन्दिरलाई सँगै विकास र व्यवस्थापन गरी त्रिकोणात्मक धार्मिक पर्यटक स्थलको रुपमा चिनाउनुपर्ने बताए ।

Loading...

Related News

युरोप भ्रमणमा रहेका कांग्रेस नेता पौडेललाई कार्यकर्ताले खुला पत्र लेख्दै भने- तत्काल युराेप छाड ! (पत्रसहित)

आदरणीय दाई रामचन्द्र पौडेल ज्यु जय नेपाल ! आम निर्वाचनमा नेपाली कांग्रेसले भोगेको पराजयपछि युरोप भ्रमणमा आउने तपाई पहिलो वरिष्ट…

नेकपाले तोक्यो प्रदेश पदाधिकारीहरु (नामावलीसहित)

काठमाडौं। सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटिका मुख्य पदाधिकारीहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सचिवालयको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी