उपराष्ट्रपति पूनलाई पाकिस्तानी र बंगलादेशी राजदूतले दिए बधाई

115 Hits

काठमाडौं । पाकिस्तानी राजदूत डा.मजहर जावेद र बंगलादेशका राजदूत मासफी बिन्टे शाम्ससंग उपराष्ट्रपति नन्दबहादुर पुनको छुट्टा छुट्टै भेट वार्ता भएको छ ।  भेटका क्रममा दुबै देशका देशका राजदुतले उपराष्ट्रपतिलाई बधाई दिए ।

आफूलाई बधाई दिएकोमा पाकिस्तान सरकार, पाकिस्तानी जनता र नेपालका लागि पाकिस्तानी राजदूतलाई धन्यवाद दिँदै उपराष्ट्रपति पुनले नेपालको समृद्धिका लागि सहकार्य गर्न चाहेको बताए। नेपाल पाकिस्तान सम्बन्ध समधुर रहेको बताउँदै उनले दुई देशले भोगिरहेका समस्यामा सहकार्य गर्नुपर्नेमा जोड दिए। भेटमा पाकिस्तानका राजदूत जावेदले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा पुनलाई पाकिस्तान सरकारको तर्फबाट बधाई दिँदै नेपाल पाकिस्तानको सहकार्य धेरै क्षेत्रमा रहेको स्मरण गरे। उनले नेपालसँगको हरेक सहकार्यमा पाकिस्तान अत्यन्त खुशी रहेको बताए। केही समय अगाडि भएको पाकिस्तानका प्रधानमनमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचका सम्बन्ध अझै घनिष्ठ बनाएको उल्लेख गर्दै दुई देशबीच उच्चस्तरीय भ्रमण जारी राख्नुपर्ने बताए।

यस्तै, मंगलबार नै उपराष्ट्रपति पुनलाई बंगलादेशले पनि बधाई दिएको छ। बंगलादेशका राजदूत मासफी बिन्टे शाम्सले उपराष्ट्रपतिलाई भेटी बधाई तथा शुभकामना दिएकी हुन्। बंगलादेशका राजदूतसँगको भेटमा उपराष्ट्रपति पासाङले दुई देशको सम्बन्ध अत्यन्त घनिष्ठ भएको उल्लेख गर्दै थप प्रगाढ बनाउनुपर्ने बताए। उनले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरलाईन्सको विमान दुर्घटना हुँदा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।

भेटमा बंगलादेशका राजदूतले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा बंगलादेश सरकारको तर्फबाट बधाई दिइन। उनले त्रिभुवन विमान स्थलमा यूएस बंगलाको विमान दुर्घटना हुँदा उद्धार र घाइतेहरुको उपचारमा नेपालले उच्चस्तरीय प्रबन्ध मिलाएको बताउँदै धन्यवाद दिइन।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी