वर्षमा १ हजारलाई रोजगारी दिने उद्धेश्यसहित काठमाडौंमा खुल्यो डिएसएन

215 Hits

काठमाडौं, ६ चैत ।
काठमाडौंमा दिनहुँ वढिरहेको प्रदुषण नियन्त्रण गर्न विभिन्न सरकारी, गैरसरकारी, स्वदेशी तथा विदेशी सहयोगमा परियोजनाहरु संचालित भइरहेका छन् तर पनि दिन दिनै स्वास्थ्यका समस्याहरु थपिइरहेका छन् भने फोहोरमैला व्यवस्थापनको चुनौति पनि वढिरहेको छ । व्यक्ति देखि घर र समाज देखि राष्ट्र सबैतिर सरफाईको आवश्यकता झन पछि झन वढेर गएको छ ।

युवाहरुको प्रति दिन वढिरहेको विदेश पलायनले गाउँहरु रित्तिएका छन् साथ साथै शहरमा पनि त्यसको असर परेको छ । शैक्षिक वेरोजगार उत्पादन हुने क्रम पनि वढिरहेको छ । गुणस्तरिय र उपयोगी शिक्षाको अभावमा युवाहरु शिक्षीत वेरोजगार बनेर खाडिका मूलुकहरुमा भौतारिरहेका छन् ।

यी समग्र समस्याको जड राज्यको नीति र नेतालाई मान्दै दोष थोपर्ने प्रवृत्तिबाट अव मुक्त हुनुपर्ने बेला आएको छ ।
आफ्नो घर, समाज र राष्ट्रको सरसफाईको दायीत्व हाम्रै हो भन्ने अभियानका साथ काठमाडौंमा एक कम्पनी खुलेको छ । घर, सरकारी गैरसरकारी कार्यालयहरु, अस्पताल, होटल र विभिन्न व्यापारिक प्रतिष्ठानहरुमा आवश्यक पर्ने सबै सरसफाईका सेवाहरु तालिमप्राप्त र अनुभवी जनशक्ति र उच्च प्रविधिका साथ सम्पन्न गर्ने उदेश्यसहित कम्पनीको स्थापना भएको संचालकले बताएका छन् ।

स्वस्थ नागरिक सफा वातावरणको नारा सहित डिएसएन लिंकेज प्रालि नाम रहेको उक्त कम्पनीले विशेष गरेर शैक्षिक वेरोजगारीले पीडित विद्यार्थीहरु, घरयासी महिलाहरु, उत्पीडनमा परेका महिला पुरुष र युवाहरुलाई रोजगारी सिर्जना गर्ने उद्धेश्य रहेको कम्पनीका संचालक दिपक थापा बताउँछन् । उनले आफूहरुले वर्षमा १ हजार युवालाई रोजगारी दिने योजना बनाएको दावी गरे ।

मोफसलबाट काठमाडौंमा आई अध्ययन गरिहेका न्युन आयका विद्यार्थीहरु यसबाट लाभान्वीत हुने अर्का संचालक नरेन्द्र लामिछाने बताउँछन् । कम्पनीले विभिन्न मर्मत सम्भारका काम गर्ने, प्लम्वींग, इलेक्ट्रिकल, कार्पेन्टींग लगायतका विषयमा तालिम प्रदान गर्ने बताए । साथै पूर्णकालिन, अल्पकालिन र पार्ट टाइमको रुपमा उक्त विधामा सेवा प्रदान गर्ने उनले बताए ।

कामदारहरुको जिवन विमा, स्वास्थ्य विमा र संचय कोषको समेत व्यस्वथा गरिएको बताउँदै उनले प्रतिदिन ८ घण्टाको समयसिमा राखेर काम लगाउने जानकारी दिए । उपभोक्ताको माग भए अनुसार विहान, वेलुका र दिउँसो जुनसुकै समयमा पनि आफूहरुले सेवा दिने कम्पनीले दावी गरेको छ ।

शुरुवातमै आफ्नो कम्पनीसँग व्यवसायीक सहकार्य गर्ने व्यक्ति र संस्थाहरुको अनुपातले अत्यन्त उत्साहीत भएको संचालकहरुको दावी छ । केही स्कूलहरु, अस्पताल र दर्जन भन्दा वढि घरहरुले आफ्नो कम्पनीसँग व्यवसायीक सहकार्यको सहमति गरिसकेको उनीहरुले बताए ।

Related News

सिजीले ल्यायो १० वर्षको वारेण्टीसहित अत्याधुनिक वासिङ्ग मेशीन, माग बढ्दो

काठमाडौं, १७ बैसाख । सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुको बढ्दो आधुनिकरण र व्यस्ततालाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको…

‘पीपीए गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्छाै।’-उर्जामन्त्री

काठमाडौं–उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी