नयाँ रुप र आधारमा निरन्तर क्रान्ति-प्रचण्ड

57 Hits

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकाले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने बताएका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासंघले आज आयोजना गरेको ‘सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४’ लाई सम्बोधन गर्दै नेता प्रचण्डले अबको क्रान्तिको आधार समृद्धि र विकास हुने भएकाले सोही दिशामा अग्रसर हुन कलाकर्मीलाई आग्रह गरे ।

सांस्कृतिक क्रान्तिमा जनसांस्कृतिक महासंघको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन पनि सांस्कृतिक आन्दोलन जरुरी रहेको बताए ।

अध्यक्ष दाहालले ‘सांस्कृतिक प्रतिरोध दिवस’ लाई जनयुद्ध, जनआन्दोलनलगायतमा सहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि र घाइते अपांग भएका योद्धाप्रति सम्मान गर्ने विशेष दिनका रुपमा आफूले लिएको पनि बताए । उनले भने, “शहीदप्रति सम्मान अर्पण गर्दै नयाँ संकल्प गर्ने विशेष दिनमध्ये सांस्कृतिक प्रतिरोध दिवस पनि एक हो, यस दिनमा मुलुकलाई एकताबद्ध गर्दै समाजवादी क्रान्तिको आधार निर्माणको महान् अभियानमा समर्पित हुने संकल्प हामी सबैले गरौँ ।”

राजनीतिक रुपमा प्राप्त अधिकारलाई गौरवमय उपलब्धिका रुपमा लिँदै समाजवादी क्रान्तिको अभियानमा लाग्नसमेत उहाँले सांस्कृतिक क्षेत्रलाई आग्रह गर्नुभयो । कार्यक्रममा लोकप्रिय जनगायक जीवन शर्मा, जेबी टुहुरे, कलाकार सीता आचार्य, व्यङ्ग्यकार विमल निभा, चलचित्रकर्मी सुभास गजुरेल लगायत ८ जना स्रष्टालाई सम्मान गरिएको थियो ।

Related News

चितवनलाई एशियाकै नमुना सहर बनाउने प्रचण्डको यस्तो छ योजना

  चितवन / चितवन क्षेत्र नं. ३ का लागि प्रतिनीधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका नेकपा माओवादी (केन्द्र) का अध्यक्ष…

संघर्षशिल नेता र व्यापारीबीच तुलना गर्नै मिल्दैन : चितवनका मतदाता

चितवन ,  मंसिर । सिंगोजीवन नै नेपालको परिवर्तनका लागि समर्पण गर्ने एउटा संघर्षशिल नेता र एउटा व्यापारी विच तुलना गर्नै…

Comments are closed