अपर तामाकोशी शेयर विवादले चरिकोटमा एक घण्टा चक्काजाम

191 Hits

दोलखा, ५ चैत /
अपर तामाकोशी सेयर सरोकार संयुक्त संघर्ष समितिले शेयर वितरण मोडालिटि सच्याउनु पर्ने माग गर्दै आज सदरमुकाम चरिकोटमा एक घण्टा चक्काजाम गरेको छ ।

समितिले पटक–पटक समय दिँदा पनि आँफुहरुको माग पुरा नभएको भन्दै सदरमुकाम चरिकोटमा एक घण्टा सडक धर्ना सहित चक्काजाम गरेको हो । समितिको आव्हानमा माथिल्लो तामाकोसीको सेयर निश्काषन प्रक्रियावाट असन्तुष्ट भएकाहरुले सातदोबाटो चोकमा घेरा बनाएर ११ बजेदेखि १२ बजेसम्म एक घण्टा यातायात अवरुद्ध गरेका छन् । चक्काजामपछि अयोजित कोणसभामा बोल्दै समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता बर्मा लामाले माग पूरा नभए सम्म आन्दोलन जारी रहने बताउनुभयो । सँघर्ष समितिले पहिलो पटक–पटक अल्टिमेटम दिँदा पनि सुनुवाई नभएका कारण आन्दोलनका लागि सडकमा आउनु परेको उहाँको भनाई छ ।

भोली जिल्ला समन्वय समितिको कार्यालय दोलखाको कार्यालयमा एक घण्टा धर्ना दिने र चैत्र १० गतेदेखि माथिल्लो तामाकोशी आयोजना, आयोजनासँग सम्वन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनिका सवारी साधनलाई जिल्ला प्रवेशमा निषेध गर्ने सँघर्ष समितिले जनाएको छ ।

सँघर्ष समितिले माथिल्लो तामाकोसीको सेयर बितरणको बिषयलाई लिएर ७ बुदे मागपत्र प्रस्तुत गर्दै सुरुमा १० दिनको अल्टिमेटम दिएको थियो भने माग पुरा नभएको भन्दै दोस्रो पटक चैत १ गते थप ५ दिनको समय दिँदै सँघर्षको कार्यक्रम घोषणा गरेको थियो । सोही अनुसार आज एक घण्टा चक्काजाम गरिएको हो । चक्काजाम कार्यक्रममा संयोजक लामा, सह–सँयोजक एवँ एमाले नेता हिरा थोकर लगाएको सहभागिता थियो । थोकर मेलुङ गाउँपालिकाका वडा अध्यक्ष पनि हुन् । भोली जिल्ला समन्वय समितिको कार्यालय दोलखाको कार्यालयमा एक घण्टा धर्ना दिने र चैत्र १० गतेदेखि माथिल्लो तामाकोशी आयोजना, आयोजनासँग सम्वन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनिका सवारी साधनलाई जिल्ला प्रवेशमा निषेध गर्ने सँघर्ष समितिले जनाएको छ ।

सँघर्ष समितिले दोलखाबासिलाई विभेद नगरी अति प्रभावित र प्रभावित गरि दुई तहमा मात्र बर्गिकरण गर्नुपर्ने, विदेशमा रहेका दोलखाबासिलाई सहज रुपमा सेयर हाल्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्नु पर्ने, रकम जुटाउन नसक्ने दोलखाबासिलाई सेयर प्रमाणपत्र धितो राखेर सेयर हाल्ने व्यवस्था मिलाउनु पर्ने तथा वडा तहमै सेयर संकलन केन्द्र स्थापना गर्नुपर्ने लगायतका माग राखेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी