नन्दवहादुर पुन ‘पासांग’ उपराष्ट्रपतिमा दोश्रो कार्यकालको लागि निर्विरोध चयन

53 Hits

काठमाडौं, ३ चैत ।

नयाँ उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासांग नै निर्विरोध निर्वाचीत भएका छन् । बाम गठबन्धनको भागबण्डामा माओवादी केन्द्रको भागमा परेको उक्त पदमा माओवादीले पुरानै उपराष्टपति पदमा कार्यरत पुन लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । जनमुक्ति सेनाका कमाण्डर समेत रहेका पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन् ।

उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुने बताइएको छ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवारी नदिएपछि पुन निर्विरोध भएका हुन् । पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताएका छन् ।

अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसंग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै उनले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने बताए ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम रहेका छन् ।

Related News

Comments are closed