चितवन राष्ट्रिय निकुञ्जमा ‘कन्ट्रोल बर्निङ’ अभियान

155 Hits
चितवन/
चितवन राष्ट्रिय निकुञ्जले आगलागीबाट वन्यजन्तुमा हुने क्षति रोक्न ‘कन्ट्रोल बर्निङ’ अभियान चलाएको छ। दुर्लभ र संरक्षित वन्यजन्तुको महत्त्वपूर्ण वासस्थान रहेको चितवन निकुञ्जमा वन्यजन्तु जोगाउन नियन्त्रणमुखी आगलागी (कन्ट्रोल बर्निङ) गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।
अप्रत्यासित र अनियन्त्रितरूपमा आगो लाग्दा वन र वन्यजन्तुको ठूलो क्षति हुने भएकाले विभिन्न ब्लक छुट्याएर निकुञ्जमा उक्त अभियान चलाइएको हो। निकुञ्जको हरेक सुरक्षा पोष्टले आफ्नो क्षेत्रभित्र उक्त कार्यक्रम चलाएको छ ।
‘आफ्नै निगरानीमा व्लक छुट्याएर आगो लगाउँदा वन्यजन्तुहरू एउटा ब्लकबाट अर्काे ब्लकमा सजिलै जान सक्छन्,’ अर्यालले भने, ‘जसले गर्दा वन्यजन्तु र चराचुरुंगीको क्षति हुन पाउँदैन।’ माघको अन्तिम साताबाट शुरु भएको उक्त अभियान जारी रहेको निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा दुर्लभ एकसिंगे गैंडा छन्। यस्तै, १२० पाटेबाट रहेको तथ्यांक छ। निकुञ्जमा हात्ती, भालु, गौरीगाई, चित्तल, चराचुरुंगीलगायतको बासस्थान छ।
Loading...

Related News

बोटे, माझी र मुसहरको नाममा राप्ती नदीमा छाडिए गोही

नारायण ढुंगाना, चितवन, ५ फागुुुन ।- बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी