असिनापानीसँगै आएको पहिरोले बेसीशहर–चामे सडक अवरुद्ध

75 Hits

शान्ता कमली

लमजुंग, २ चैत/

असिनापानीसँगै आएको पहिरोले बेसीशहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपलिका –४ ताघ्रिङमा पर्ने स्याँगे र शीरचौर बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको मस्र्याङदी –४ का वडाअध्यक्ष सुमन गुरुङले बताए ।

हिमाली जिल्ला मनाङ जाने एक मात्र सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको उनले जानकारी दिए । सानोतिनो मेशिनले खुलाउन नसकिने गरी ठूलै पहिरो गएको गुरुङले बताए ।

‘ठूलठूला ढुंगा खसेकाले बम ब्लास्टिङ गरेर मात्र बाटो खुलाउन सकिन्छ होला,’ उनले भने । बेसीशहरदेखि करीब २५ किलोमिटर दूरीको सडकमा पहिरो खसेको छ ।

बाटो अवरुद्ध भएपछि यात्रुको आवातजावतसँगै खाद्यान्न ढुवानीसमेत ठप्प भएको छ । मनाङबाट आएका सवारी साधन र बेसीशहरबाट मनाङ गएका सवारी साधन पहिरो गएको ठाउँमा रोकिएका छन् ।

पदमार्गमा आएका पर्यटकसमेत समस्यामा परेको स्थानीय नरबहादुर गुरुङले बताए ।

Related News

प्रदेश नं ४ लाई सुशासनको नमुना प्रदेश बनाईने मुख्यमन्त्री गुरुङको दाबी

लमजुङ, १३ फागुन प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बेरोजगार र गरिवि निवारण नभई आर्थिक समृद्धि नहुने बताउनुभएको छ…

Comments are closed