राजपा र फोरमविना नै तेश्रो पटक मन्त्रीपरिषद विस्तार, को को भए मन्त्री ?

151 Hits

काठमाडौं, २ चैत्र ।
बाम गठबन्धनको सरकार तेश्रो पटक विस्तार हुँदा समेत राजपा र फेरम सरकारमा सहभागि भएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा पनि मधेशी दलहरु सहभागि नभएपछि एमाले र माओवादीले मात्रै मन्त्रालय बाँडफाड गरी मन्त्रीपरिषद विस्तार भएको हो ।

विस्तारित मन्त्रीपरिषदमा माओवादीबाट ५ मन्त्री रहेका छन् भने एमालेबाट ५ मन्त्री बनेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।

एमालेबाट मन्त्री बनेकाहरुमध्ये प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानुन, न्याय तथा संसदीय मामिला, जगत विकलाई युवा तथा खेलकूल, मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी माओवादीबाट मन्त्री बनेकाहरुमध्ये वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिंचाई, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, चक्रपाणी खनाल कृषि तथा भूमि व्यवस्था र सहकारी, बिना मगरलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी एमालेका गोकुल बास्कोटालाई सूचना तथा सञ्चारराज्यमन्त्री, एमालेकै पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, धनहादुर बुढालाई संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्री बनाइएको छ भने माओवादीकी रामकुमारी चौधरीलाई कृषि तथा भूमि व्यवस्था र सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै विज्ञान तथा प्रविधि मन्त्री रहनुभएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा सहभागी थिए ।

समारोहमा पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, संवैधानिक अंगका प्रमुख, यहाँस्थित कुटनीतिक नियोग तथा निकायका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Loading...

Related News

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

मन्त्रीपरिषदका निर्णय बिहिबार मात्रै पाइने, यस्ता छन् अघिल्ला २२ निर्णयहरु

काठमाडौं, ३० कात्तिक । सरकारले आफ्ना निर्णय परिपक्व हुन नपउाँदै विवादमा पर्न थालेपछि मन्त्रीपरिषदका निर्णय सार्वजनिकरणमा थप कडाई गरेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी