एमालेकी शिवमाया तुम्बाहाम्फे उपसभामुख

95 Hits

काठमाडौं, २ चैत –
प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । उपसभामुखमा एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्मा भुसालबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपसभामुखका लागि बिहीबार काँग्रेसका तर्फबाट भुषालले र बाम गठबन्धनको तर्फबाट एमालेकी साँसद तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको भएपनि कांग्रेसले निर्विरोध हुन नदिन उम्मेदवारी दर्ता गराएको हो ।

यसअघि सभामुखमा माओवादीका नेता कृष्णबहादुर महरालाई समर्थन गरेको काँग्रेसले पनि उपसभामुख आफूले पाउनु पर्ने बताएको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरमले पनि उपसभामुख आफुले पाउनुपर्ने माग गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन फोरमले तीन मन्त्रालयसहित उपसभामुख पद मागेको थियो ।

यसअघिको एमाले माओवादीसहमति अनुसार सभामुख माओवादी र उपसभामुख एमालेले लिने सम्झौता भएको थियो । माओवादीबाट कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी