क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, एकदिवसिय मान्यता प्राप्त

153 Hits

काठमाडौं, १ चैत ।
क्रिकेटको क्षत्रमा नेपालले अभूतपुर्व सफलता हात पारेको छ । अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएसँगै नेपालले अभुतपुर्व उपलव्धी हात पारेको हो । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो ।

नेपालले ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा पपुवान्युगिनीलार्इ ६ विकेटले हराएर उक्त सफलताको मार्ग खोलेको थियो । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालको ओडिआई स्टाटस पक्का गर्न सफल भएको हो ।

नेपालसँग पराजित भएको पपुवान्युगिनीले भने आजैबाट ओडिआर्इ स्टाटस गुमाएको छ । अहिलेसम्म एशोसिएसट टिम मात्र रहेको नेपालका लागि यो ठूलो मौका पनि भएको विश्लेषकहरुले बताएका छन् ।

अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग रकममा पनि उल्लेख्य वृद्धि हुनेछ ।

आर्इसिसीले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउने अवसर हुनेछ।

यस्तै, टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुनसक्छ भने नेपाल आईसिसीको एक दिवसीय वरियतामा पर्नेछ।
त्रिकेटको क्षेत्रका विगत केही वर्षयता नेपाली टिमले राम्रो सफलता हात पार्दे आएको छ । विशेष गरी अण्डर १९ को समुहले सफलताको सिंढी उक्लन शुरु गरेकोमा पारस खड्का कप्तान बनेपछि उल्लेख्य प्रगति गरेको हो ।

Loading...

Related News

तेक्वान्दो संघलाई राखेपको सात दिने चेतावनी

काठमाडौँ, २८ कात्तिक / राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा…

आइसिसि विश्व टी ट्वान्टीमा नेपालले जित्यो चिनलाई

काठमाडौं । आईसीसी विश्व टी(ट्वान्टीमा नेपालले चिनलाई पछारेको छ । एसिया छनोट समूह ‘बी’ मा नेपालले चीनमाथि विजय प्राप्त गरी…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी