बन्द भयो युएस बंगलाको ढाका काठमाडौं उडान उडान

113 Hits

काठमाडौं, १ चैत ।
५० जनाको ज्यान जानेगरी गत सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका काठमाडौं उडान बन्द गरेको छ ।

७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् ।

विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ ।
नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान बन्द गरिएको हो ।

उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाले काठमाडौं ढाका उडान बन्द गर्नुपरेको हो ।

बंगलादेशको सञ्चारमाध्यम डेली स्टारसँग कुराकानी गर्दै युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभावका कारण काठमाडौं ढाका बन्द गर्नुपरेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

Related News

Comments are closed