विमान दुर्घटनाका शवको पहिचान अझै हुन सकेन, हेरेर पहिचान गर्न नसकिने अवस्था

76 Hits

काठमाडौँ, १ चैत—

अवतरणका क्रममा सोमबार त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानमा ज्यान गुमाउने ४९ यात्रुको शव अझै पहिचान हुन सकेको छैन । सबै शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएका छन् । त्यहाँका प्राध्यापक हरिहर वस्तीले बुधबार साँझसम्म २५ वटा शव हेसरसकिएको तर पहिचान गर्न नसकिएको बताएको खबर कान्तिपुरमा छ ।

‘पोकामा राखिएका शव जाँच गर्दैछौं। हेरेर पहिचान गर्न सकिने अवस्थामा शव छैनन्। एउटै शवलाई जाँच्न, मुचुल्का उठाउन दुई अढाई घन्टासम्म समय लागिरहेको छ,’ वरिष्ठ चिकित्सक वस्तीले कान्तिपुरसँग भने।

उनले अधिकांश शवको छालामात्र नभई हड्डीसम्म जलेको बताए। अनुहार वा बाहिरी संरचनाबाट पहिचान गर्न नसकिने भएपछि चिकित्सकहरुले दातको बनावट, फिलिङ्ग, आकार, शरिरका अंगमा लगाइएका गरगहना, अपांगता लगायतबाट पहिचान गर्न सक्छ। ‘यही तरिकाले एक हप्ता लाग्न सक्छ तर डिएनए परिक्षण नै गर्नुपर्ने अवस्था आइलागे एक महिनासम्म समय लाग्न सक्नेछ,’ फरेन्सीक विज्ञान विशेषज्ञ वस्तीले भने।

बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु र चालक दलका चार सदस्यसहित ७१ जना सवार बोकेको क्यानेडियन बमबार्डियर डयास एट क्यू फोर हन्ड्रेड विमान दुर्घटनामा ४९ को मृत्यु भएको थियो। त्यसमा ३३ नेपाली, ३६ बंगलादेशी, एकरएक चिनियाँ र माल्दिभ्सका नागरिक थिए। घटनामा २२ जनाको उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये तीन जना उपचारपछि घर फर्केको प्रहरीका केन्द्रिय प्रवक्ता मनोज नेउपानेले बताए। ‘हालसम्म मृतकको संख्या ४९ हो। २२ जना अस्पतालमा भर्ना गरिएका थिए। यीमध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन्,’ डिआइजी नेउपानेले भने। उनले शव हालसम्म आफन्तजनलाई नबुझाइएको बताए।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी